बालुवाटारमा सत्तारुढ दलको सचिवालय बैठक

बालुवाटारमा सत्तारुढ दलको सचिवालय बैठक


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकको आरम्भमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीका नौ जना सचिवालय सदस्यहरु सोसियल डिस्ट्यान्स अवलम्बन गर्दै मास्क पहिरिई दुई मिटर दुरीमा बेग्लाबेग्लै बसेर बैठकमा सहभागी भइरहेका छन्।