विद्युत् सर्ट भई आगलागी हुँदा परियार परिवारका १३ लाखको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा परियार परिवारका १३ लाखको क्षति


तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा क्षति भएको छ । विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब रु १३ लाख बराबरको धनमाल क्षति भएको हो ।

तिलविक्रमको सात लाख र गोकर्णको रु ६ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको जनाउँदै उनले भने, ‘आगो नियन्त्रणका लागि झण्डै दुई घण्टा लाग्यो तर पनि आगो नियन्त्रणमा लिन सकिएन ।’

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।


pict: rss