बेलायतका प्रधानमन्त्री बोरिस जोनसन ‘सावधानी’का लागि अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन ‘सावधानी’का लागि अस्पताल भर्ना


कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म निवासमै क्वारेन्टाइनमा रहँदै आउका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् ।

कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले प्रधानमन्त्री जोनसनलाई आइतबार (५ अप्रिल) साँझ लन्डनस्थित अस्पतालमा पुऱ्याइएको हो । तथापि उनको अवस्था सामान्य रहेको र अस्पताल लैजाने कदम सावधानीको रुपमा चालिएको बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले सावधानीका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका चिकित्सकलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

AP