धुलिखेल अस्पतालमा कोरोना परीक्षण शुरु

धुलिखेल अस्पतालमा कोरोना परीक्षण शुरु


धुलिखेल अस्पतालमा आज (२३ चैत) देखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने सो अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूका अनुसार सङ्क्रमणको अवस्था हेरेर परीक्षणको अवधि थपिने छ । पर्याप्त पिपीइ, परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिन मात्रै परीक्षणको समयावधि तोकिएको जानकारी दिँदै उनले अस्पतालमा कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भइसकेको बताए ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख उपलब्ध गराएको थियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिएअनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ ।

ज्ञातव्य छ, यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौंको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।