आगलागीपीडितलाई कांग्रेस भातृ-संगठनहरुद्वारा राहत वितरण

आगलागीपीडितलाई कांग्रेस भातृ-संगठनहरुद्वारा राहत वितरण


नेपाल तरुणदल (कपिलवस्तु) र नेवि संघले शनिबार (२२ चैत) आगालागीपीडित घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. १ गुगौलीका २५ घर परिवारलाई राहत वितरण गरिएको हो । शुक्रबार अपरह्न ४ बजेतिर आगो लाग्दा २५ घर र २४ गोठ जलेर नष्ट भएका थिए ।

नेपाल तरण दल र नेवि संघले आगलागीपीडितलाई चामल, दाल नुन, तेल र चिउरा लगायत खाद्यान्न वितरण गरेको नेपाल तरुण दल कपिलवस्तुका सचिव अमर पौडेलले जानकारी दिए ।

नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरी, सचिव अमर पौडेल, तरण नेता तिलक थापा, मीन थापा, हरि घिमिरे र नेवि संघ क्षेत्र नं. १ का सभापति चन्द्रकान्त पोखरेल, विद्यार्थी नेता विश्वमणी घिमिरे, युवा नेता अजय थापा, नेपाली कांग्रेसका क्षेत्र नं. ३ कार्यवाहक सभापति गोविन्द केसी, नेपाली कांग्रेस विजयनगरका इकाई सभापति राजेश उपाध्याय, नेपाली कांग्रेसका नेता जानकीप्रसाद यादव रफिक मोहम्मद, कनिकराम चाई, नुर मोहम्मद शाह लगायतको टोलीले खाद्यान्न वितरण गरेको हो ।