जापानमा कोरोना भाइरस संक्रमित पहिलो नेपाली भेटिए

जापानमा कोरोना भाइरस संक्रमित पहिलो नेपाली भेटिए


■ विशेष प्रतिनिधि टोकियो (जापान)

जापानमा कोरोना भाइरसबाट पहिलो पटक नेपाली पनि संक्रमित भएको पाइएको छ । जापानको इबाराकी केनमा बस्दै आएका एक ‘नेपाली युवा’ कोभिड -१९ बाट संक्रमित पाइएको हो ।

संक्रमित ब्यक्तिका निकट पारिवारिक सदस्यबाट प्राप्त जानकारीअनुसार उनलाई काम गर्ने ठाउँमा भाइरसले संक्रमण गरेको पाइएको छ ।

बताइएअनुसार सेवा प्रदान गर्ने ठाउँमा कार्यरत उनमा मार्च ३० तारिखबाट संक्रमणको सामान्य लक्ष्यण देखिएको थियो ।

शंका लागेपछि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा उपचार जारी रहेको छ ।

परिवारको साथमा बस्दै आएका उनमा संक्रमण भएको पुष्टिपछि परिवारका सबै सदस्यलाई हाल स्थानीय अधिकारिहरुले होम क्वारेन्टाइनमा राखेका छन् । कम्तीमा एक साता घरबाहिर ननिक्लन र भेटघाट नगर्न भनिएको श्रोतले जनाएको छ।

परिवारका सदस्यमा भने संक्रमण नदेखिएको बताइएको छ । जापानमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिव ३५ सय पुग्दा ८४ जनाले ज्यान गुमाएका छन् ।