आयमा असर परेका प्रत्येक घर–परिवारलाई २ लाख येन राहत

आयमा असर परेका प्रत्येक घर–परिवारलाई २ लाख येन राहत


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापान सरकारले कोरोना संक्रमणका कारण आय–आर्जनमा असर परेका परिवारलाई २ लाख जापानी येन सहयोग गर्ने भएको छ ।

जापान सरकारले कोरोना भाइरसको फैलावटका कारण आर्थिक समस्यामा परेका प्रत्येक घर–परिवारलाई २ लाख येन (१८५०डलर) नगद दिने निर्णय गरेको हो ।

सरकारका अधिकारीहरुले यसको पुष्टि गरेको जनाउँदै क्योदो समाचार संस्थाले समाचार प्रकाशित गरेको छ ।