लकडाउन उल्लंघनको वहानामा प्रहरीको ज्यादति !

लकडाउन उल्लंघनको वहानामा प्रहरीको ज्यादति !


विकास रौनियार, धादिङ

लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर सर्वसाधारण नागरिकलाई निर्घात कुटपिट गरेको छ । सशस्त्र प्रहरीको कुटपिटपछि पाँच जना युवा घाइते भएका छन् ।

बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं ५ बुङचुङमा निर्माण व्यवसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने विषयमा छलफल गर्दै गर्दा सशस्त्र प्रहरीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको घाइते कमल कन्ट्रक्सन प्रालिका प्रमुख केशव सिलवालले बताए ।

आफ्ना कामदारहरुलाई घर फर्काउने विषयमा निर्माण ब्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउने भन्ने विषयमा छलफल गर्दै गर्दा साँझ ५ बजे एक्कासी सशस्त्र प्रहरी धादिङका प्रहरी सहायक निरीक्षक हरिबहादुर केसीको नेतृत्वको टोलीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको सिलवाले बताए ।

आफ्नै घरको भान्साकोठामा ओल्लोपल्लो घरका साथीहरुबीच गम्भीर विषयमा छलफल गर्दा समेत सशस्त्र प्रहरीको टोलीले कुनै सोधपुछ नगरी आफुहरूलाई पशु कुटेझैँ लठ्ठीले हिर्काएको घरधनी समेत रहेका पीडित श्रेष्ठले बताए ।