कोभिड-१९ संक्रमित नेपाली नागरिकको संख्या ६ पुग्यो

कोभिड-१९ संक्रमित नेपाली नागरिकको संख्या ६ पुग्यो


नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ६ पुगेको छ । यही चैत ४ गते दोहाबाट कतार एयरको क्युआर ६५२ फ्लाइटमार्फत काठमाडौं आएका एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित छैठौं व्यक्ति बाग्लुङवासी ६५ वर्षीया महिला रहेको बुझिएको छ । उनी पेरिस (फ्रान्स)बाट दोहा (कतार) हुँदै नेपाल आएकी थिइन् । उनी पनि सोही फ्लाइटबाट नेपाल आएकी थिइन् जुन फ्लाइटबाट आएकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरस संक्रमण पाइएको थियो । उनी अहिले पनि अस्पतालमै उपचाररत छिन् ।

अहिलेसम्म संक्रमित नेपाली नागरिकको संख्या ६ पुगेको छ भने संक्रमित सबै विदेशबाट आएका हुन् ।