नेपाली महिला भालिबल टोली विश्व वरियतामा ८६औँ स्थानमा

नेपाली महिला भालिबल टोली विश्व वरियतामा ८६औँ स्थानमा


नेपाली राष्ट्रिय महिला भलिबल टोली विश्व वरियतामा ८६औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी)ले आज (२० चैत) सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो ।

नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७औँ स्थानमा रहेको छ ।

पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौँ स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ ।