धर्तीमा भोलि मानव नरहन पनि सक्छ

धर्तीमा भोलि मानव नरहन पनि सक्छ


■ डिल्ली अम्माई (अनाथ अंकल )

आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । त्यसैले आफूमाथि आइलागेका हरेक सङ्कटमा हामी सतर्क र चिन्तित हुन्छौँ । अरुलाई परेको पीडा देख्दा आत्तिन्छौँ । कसैको मृत्युको कल्पनाले मात्रै पनि हाम्रो होसहवास उड्छ । अझ आफन्तको वियोग सहन नसकेर कतिले आत्महत्या गरेको समेत सुनिने, देखिने गरेको छ । यी सबैको निचोड हो– हामी आफन्तका बीच अगाध स्नेहको जेलोले बाँच्न सकेका छौँ । समुदायको आड–भरोसाले हामीलाई सुरक्षाको अनुभूति दिएको छ । परिवारसँगको सहकार्यबाट प्राप्त आधारमा हामी रमाउन र जिउन सिकेका छौँ । त्यसैले हामीलाई हाम्रो प्राणपछि, परिवार, समाज र सम्पूर्ण मानव समुदायको भरोसा छ । यी सबै सम्बन्धहरू हाम्रालागि अत्यन्त प्रिय छन् ।

तर हाम्रो परिवार, समाज र सिङ्गो मानव समुदायलाई दीर्घकालसम्म बचाईराख्न प्रेम र सद्भाव मात्र पर्याप्त छ त ? यो नै चुनौतीपूर्ण वर्तमान समयले मानव प्रजातिसँग सोधेको गम्भीर प्रश्न हो ।

पृथ्वीमा रहेका लगभग पाँच अर्ब मानिसलाई बचाउन अहिले र आगामी दिनमा संसारभर रहेका राज्य र नागरिकहरूले के गर्न सक्छन् ? त्यसको लागि मानवले विगतदेखि गर्दै आएका गल्ती तथा महाभूलहरूको समीक्षासहित भविष्यको कार्ययोजना तय गर्नु जरुरी भैसकेको छ । मानव जीवनलाई चुनौती दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डेङ्गु, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरूको संक्रमण बेला–बेलामा संसारब्यापी रूपमा फैलिने गरेको छ । यस्ता प्राणघातक रोगहरू महामारीको रूपमा लगातार के कारणले आइरहेका छन् ? कतै यस्ता महामारी आउनुमा कहीँ न कहीँ हाम्रा आफ्ना ‘महाभूल’हरू त जिम्मेवार छैनन् ? विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिंसले जीवनभर र अन्तिम अवस्थामा समेत उठाएको गम्भीर प्रश्न यसैको वरिपरि थियो ।

मानव जनसंख्याले पृथ्वीको चक्रीय प्रणाली (ecosystem) लाई चुनौती दिँदै आएको छ । यसको परिणामस्वरूप वर्तमान भूगर्भीय समय क्रममा जीव–जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको पाइन्छ, जसलाई वैज्ञानिकहरूले जैविक विलुप्तता (Holocene extinction) को नामले चिनाउँछन् ।

कोरोना भाइरसको महामारी कुनै वाद–सिद्धान्त, आग्रह–पूर्वाग्रहभन्दा परबाट सिर्जित समग्र मानवजातिलाई चुनौती दिन सक्ने एउटा भयानक खतरा हो । यो खतरासँग जुझ्नको लागि कुनै वाद–सिद्धान्त वा आग्रह पूर्वाग्रहले ग्रसित भएर हैन, त्यसबाट बाहिर निस्केर, आफ्ना शक्ति, क्षमता र गच्छेअनुसार बलियाले निर्धालाई, हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सघाउनु जरुरी छ ।

सन् १९५० को दशकदेखि प्रकृतिमाथि मानवीय आतिक्रमणले गर्दा पृथ्वीमा भएका केहि प्रजाति लोप भएका छन् भने धेरै प्राणीहरू आफ्नो प्रजाति उन्मुलनको संघारमा उभिएका छन् । यो अवस्था भनेको प्राणी–जगतको चक्रीय प्रणाली तहसनहस हुनुुपूर्वको अवस्था हो । प्रकृतिको यो महाहानीलाई हामीले जैविक चक्रीय सङ्कट भनेर बुझ्दछौँ ।

भनिन्छ, सन् २००७ सम्ममा हामीले संसारमा भएका प्राणीमध्ये करिव प्रजातिको १० प्रतिशत नष्ट गरिसकेका छौँ । वर्तमान दरमा नै प्राणीका बासस्थान कब्जा गर्दै र जल, स्थल र आकाश प्रदुषित गर्दै गयौँ भने करिव ३० प्रतिशत प्रजातिहरू अबको सय वर्षमा विलुप्त भइसक्ने छन् । प्राणी–प्रजातिहरूको वंशीय विलोपिकरणको मुख्य जिम्मेदार हामी हौँ । किनकि जल र स्थलमा रहेका जीव–जिवात्माका निवासस्थान हामीले विनाश गर्दै गएका छौँ, दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रूपमा तस्करी गरेका छौँ, शिकार गरेका छौँ र वातावरण प्रदुषणमार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अवस्था आएको छ । जसको जिम्मेवार केवल हामी हौँ ।

भन्नैपर्ने हुन्छ कि वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क वनाउँदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानवले बलपूर्वक एकछत्र राज गरेको छ । यो धर्तीमा मानव अन्य प्रजातिमध्ये एक हो र उसको अधिकार अन्य प्रजातिसरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विषाक्त बायुमण्डलको खतरनाक विष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य विष सोस्ने जंगल तथा खतरनाक किटाणु पचाइदिने जंगली जनावरहरूको मानिसले विनास गरिरहेको छ । त्यसपछिको परिणाम भनेको यस्तै–यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको विनास हो ।

प्राणी जगतको चक्रीय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणीजगतको स्वार्थलाई त ख्याल गरेन गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन ।

एक अनुसन्धान डाटाले के भन्छ भने, मानिसहरूले हालसम्म विश्वव्यापी रूपमा गरेको उत्पादनको केवल २० प्रतिशत पूर्ण उपभोग गर्दछ । अर्को शब्दमा भन्दा मानिसले गरेको ८० प्रतिशत विलासी उत्पादन आवश्यकताको लागि नभएर नाफाको लागि हो । यसको मतलब ८० प्रतिशत विलासी बस्तुको उत्पादनले हाम्रो धर्तीको स्वास्थ्य जल र वायुमण्डलमा पुर्‍याएको क्षतिलाई कुनै मुल्यको अङ्कमा उतार्न असम्भव छ । त्यो क्षति धर्तीका जीवात्माको लागि अपुरणीय क्षति हो । जसको कारण धेरै किट तथा इकोसिस्टममा महत्वपुर्ण योगदान दिएका जीवात्माहरू धर्तीबाट सदाका लागि लोप भए र केही जीवहरू लोप हुने तरखरमा छन् । वातावरणविदहरूको एक अन्वेषणले बताउँछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ३० प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव–स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तीको स्वास्थ्य बिग्रँदै गएकोले त्यसले अन्य जीवसहित मानव–स्वास्थ्यमा पनि खतरनाक प्रभाव पार्न थाल्छ । कोरोना जस्ता महामारी पनि अस्वस्थ धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रशस्त आधारहरू देखिन्छन् ।

बाँच्नको लागि प्रकृतिलाई सम्मान गर्नुको विकल्प छैन :

हरेक प्राणीले पृथ्वीको प्रयावरणीय सन्तुलनको लागि प्राकृतिक रूपले एक जिम्मेवारी लिएर आएको हुन्छ । प्राकृतिक रूपमा एक भाइरसबाट अर्को नियन्त्रित भएजस्तै एक ब्याक्टोरियाबाट अर्को र एक जीव वा जनावरबाट अर्को नियन्त्रित भइरहेको हुन्छ । मानिसले वन विनासद्वारा वासस्थान मासिदियो, फलस्वरूप जंगली जनावर र चराचुङ्गगीहरू क्रमशः लोप हुँदै छन् । उदाहरणको रूपमा लोप हुँदै गैरहेको गिद्धलाई लिन सकिन्छ । संसारबाटै गिद्द, बाघ, अजिङ्गर लोपोन्मुख हुँदै गइरहेका छन् । ती जीवहरू लोप हुनुको मुख्य कारण बास र आहारको अभाव नै हो ।

मानिसलाई थाहा छ, यो पृथ्वीमा रहेका सबै प्राकृतिक सम्पदाको आफू मात्र हिस्सेदार होइन । उसलाई यो पनि थाहा छ कि पृथ्वीको चक्रीय प्रणाली (ecosystem) भत्कियो भने त्यसले निम्त्याउने दुष्परिणामलाई उसले रोक्न सक्दैन । तर पनि मानिसले केवल शक्ति, बुद्धि र प्रविधिको भरमा प्रकृतिमाथि नियन्त्रण गर्न तम्सेको छ । संसारमा भएका जलचर, उभयचर र थलचर जीवहरूको प्राकृतिक अधिकारलाई चुनौती दिँदा मानव जातिले पनि कुनै दिन डायनासोरहरूको जस्तो अवस्था भोग्न नपर्ला भन्न सकिँदैन । त्यसैले पनि मानिसले प्रकृतिप्रदत्त आफ्नो हिस्सा मात्र दाबी गर्नु जायज हो । सृष्टिका अरु जीवात्माको बास खोस्नु, उनीहरूलाई प्राकृतिक रूपमा प्राप्त गाँस, बास र जीवनशैलीलाई मजाक सम्झनु गलत हुने छ ।

कुनै पनि औषधि अनुसन्धान भएर पूर्ण रूपमा प्रमाणित हुन ५–१० वर्षको समय लाग्छ । तर, यदि पहिले नै कुनै अरु रोगको उपचारमा प्रयोग भएको औषधि अर्को रोगमा प्रयोग हुन सकेको खण्डमा भने १–२ वर्ष वा त्यो भन्दा कम समयमा उपलब्ध हुन सक्छ । त्यसैले सरकारको निर्देशन पालन गर्दै एकान्तवास बस्नु बाहेक हामीसँग हाललाई अन्य विकल्प छैन ।

धर्तीबाट मेसोजोइक समय वा ‘मिडिल लाइफ’ युगको बेला, जीवनले वेग र विविधताका साथ उत्पत्ति भएका विशाल छेपाराहरू, डायनासोरहरू र अन्य राक्षसी जनावरहरूले आफ्नो साम्राज्यलाई गुमाउन क्षणभर पनि लागेन । उनीहरूले आफ्नो समयमा अन्य कुनै जीवको अस्तित्वलाई चुनौती दिन्थे । तर समयक्रममा प्रकृतिले डायनोसारको सबै प्रजातिलाई समाप्त गरिदियो । त्यो अवधि करिव २२२ मिलियन वर्षअघिदेखि करिव ६६ मिलियन वर्ष पहिलेसम्म रहेको मानिन्छ । सरिसृपको युग वा डायनासोरको युग समाप्ति जस्तै मानव युगको समाप्ति पनि नहोला भन्न सकिन्न । किनकि मानिसले पनि प्रकृतिका सबै चराचर जीवका बाँच्न पाउने जैविक अधिकारहरूलाई समाप्त पार्दै लागेको छ ।

वन विनास अर्को महाभूल :

जंगल र जीवसम्बन्धी अन्वेषण रिपोर्ट प्रकाशित गर्ने वेबसाइट (IntactForests.org) मा दिइएको एक रिपोर्ट अनुसार विश्वभरि रहेको वर्षा पार्ने जंगल (Rainforests) ठूलो खतरामा रहेको देखिन्छ । खाद्य तथा कृषि संगठनको सन् २०१६ को एक ‘स्टेट अफ फरेष्ट’ को रिपोर्टले ७ मिलियन हेक्टर जंगल सालिन्दा कटान भइरहेको छ भने त्यसमा कृषि उपयोगको लागि केवल ६ मिलियन हेक्टर मात्र प्रयोग भएको देखिन्छ । आज जंगलको मुख्य सत्रु भनेको पाल्म तेल, कपडा, कागज र फर्निचर जस्ता वस्तुहरूको औद्योगिक उत्पादन हो । ग्लोबल फरेस्ट रिसोर्स असेसमेन्ट (Global Forest Resources Assessment 2015) ले दिएको एक रिपोर्ट अनुसार विश्वभर केवल ४ बिलियन हेक्टर वन मात्र हाम्रो लागि बाँकी रहेको छ ।

हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको अर्थात् ७०,००० वर्गकिलोमिटर वन गुमाउँदै आएका छौँ । प्रत्येक वर्ष ३.५ बिलियनदेखि ७ बिलियन रुखहरू काटिन्छन् । यो हिसाबले केही समयपछि हाम्रो प्रकृतिको बायुमण्डल तथा चक्रीय प्रणालीलाई सन्तुलन राख्न सक्ने अवस्थामा जंगल रहने छैन । शक्तिराष्ट्रका मालिक तथा बहुराष्ट्रिय कम्पनिले औद्योगिक उत्पादनबाट नाफा आर्जन गर्नको लागि विकल्प हुँदाहुँदै पनि वन सिध्याइरहेका छन् ।

त्यस्तै, आगलागीबाट पनि धेरै जङ्गल सकिँदै गएको छ । भोलि पृथ्वीमा प्रत्येक मानवले अक्सिजन किनेर बाँच्नुपर्ने अवस्था आयो भने यो नोक्सानीको मूल्य बल्ल थाहा पाउने छन् । बेला बेला धर्तीमा देखापर्ने महामारी, प्राकृतिक प्रकोप र प्राकृतिक सम्पदाको लुट युद्ध केवल मानव जातिको लागि चेतावनी मात्र हुन् ।

जंगलले वायुलाई प्रदुषित हुनबाट बचाउन, हावाबाट कार्बनडाइअक्साइड अवशोषित गरेर र प्रकाश संश्लेषणको प्रक्रियामार्फत ठूलो मात्रामा अक्सिजन आपूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

धर्तीका प्राणीको प्राणवायु र वर्षा तथा पर्यावरणीय सन्तुलनको लागि कमसेकम न्युनतम ३३ प्रतिशत जंगल आवश्यक मानिन्छ । रूखको आवरण पुनः भण्डारणले हावाको प्रभावलाई घटाउने र सतहमा वर्षाको पानीको प्रवाहलाई कम गर्दछ, जसले गर्दा माटोको क्षयीकरण कम हुन्छ, यसले वायुको तीव्र बहाव रोकेर बादल चिसो बनाई पानि पार्न समेत मद्धत गर्दछ । रूखहरूले जमिनमा खस्ने पातहरू, हाँगा माटोमा कुहिएर माटोको उर्वरा शक्ति बढाउँदछ । त्यसद्वारा उनीहरूले माटोमा जैविक सामग्रीहरूको परिपूर्ति गर्दछन्, पानीको स्रोतलाई जोगाउन र रक्षा गर्न मद्दत गर्दछन् । वनले जैविक विविधताको उच्च स्तरलाई प्रतिनिधित्व गर्दछ, जुन वातावरणीय सुद्धताको लागि अपरिहार्य छ । विविधतासहित प्राकृतिक वातावरण सन्तुलनमा राख्न वन जंगल अति आवश्यक मानिन्छ ।

जैविक विविधतासहितको जंगल प्रणालीको स्थिरता र सन्तुलनको लागि नभई हुँदैन ।

जल प्रदुषण :

प्राणवायु अक्सिजन र इकोसिस्टमको लागि वन जंगल जस्तै समुन्द्रको पनि अथाह योगदान रहेको हुन्छ । तर धर्तीमा ५० देखि ८५ प्रतिशतसम्म अक्सिजन उत्पादन गर्ने महासागर, सागर र नदिहरू अहिले घातक रूपले प्रदुषित भैरहेका छन् । भइरहेको प्रदुषणमा सबैभन्दा घातक प्रदुषण प्लास्टिकजन्य प्रदुषण हो । सामुन्द्रिक प्रदुषणलाई न्यूनीकरण गर्न विभिन्न देशका वातावरणविदहरूले ब्यापक अध्ययन–अनुसन्धान शुरु गरेका छन् । त्यसै क्रममा गरिएको एक अध्ययनले समुद्रमा रहेको प्लास्टिकजन्य फोहोरको मात्रा आगामी एक दशकमा तेब्बरले बढ्ने देखाएको छ । बेलायती सरकारका लागि तयार पारिएको समुद्रको भविष्यसम्बन्धी प्रतिवेदनमा प्लास्टिकजन्य फोहोरका साथै सामुद्रीक सतहमा आएको वृद्धि, तापक्रममा वृद्धि र अन्य प्रदुषण मुख्य चुनौतीका रूपमा रहेको जनाइएको छ । सम्पूर्ण महासागरमा ५२५ खर्बभन्दा बढी प्लास्टिकका टुक्राहरू छन् भनेर अनुमान गरिएको छ, जसले समुन्द्रलाई विशाल ‘प्लास्टिक सूप’ मा परिणत गर्दै लगेको सेटलाइट तस्बिरहरू मार्फत देखिएको छ ।

यो प्रदुषणले समुन्द्रभित्र बाँच्ने सुक्ष्म बिरुवा, लेउ र ब्याक्टोरियासम्म सुर्यको प्रकाश पुग्ने प्रक्रियालाई गम्भीर ढंगले अवरुद्ध पार्छ । सबै बोटबिरुवाहरू जस्तै तिनीहरूले पनि खाना बनाउँदा प्रकाश संश्लेषण गर्दछन् । एउटा जीवविज्ञानको विद्यार्थीलाई थाहा हुने कुरा हो कि ती प्लांक्टनहरूले खाना बनाउन सूर्यको किरण र कार्बनडाइअक्साइड प्रयोग गर्दछन् । उनीहरूले खाना बनाउँदा प्रयोग गरिने प्रकाश संश्लेषणको एक उप–उत्पादन प्राण वायु अक्सिजन ग्याँस हो । वैज्ञानिकहरू विश्वास गर्छन् कि फाइटोप्लांक्टनले पृथ्वीको वायुमण्डलमा ५० देखि ८५ प्रतिशत अक्सिजनको उत्पादन गर्छन् । (Plankton are not just one species of sea creature but, rather, a large variety of tiny organisms. Algae, bacteria, crustaceans, mollusks, and more are all considered plankton, What sets them apart from other organisms is how they move. Their extremely small size precludes them from swimming jgainst ocean currents, so they drift.
Plankton may be small, but these tiny drifters play a huge role in aquatic ecosystems. Many animals, including whales, rely on them for food. Plankton that are plants, known as phytoplankton, grow and get their own energy through photosynthesis and are responsible for producing an estimated 80% of the world’s oxygen.)

खतरनाक अस्त्र निर्माण :

त्यस्तै मानिसले आफूलाई मात्र नभएर धर्तीका सम्पूर्ण निरपराध चराचरलाई सिध्याउने आणविक अस्त्रसमेत निर्माण गरेर अर्को पागलपन देखाइसकेको छ । शक्ति राष्ट्रहरूले १३,८८५ भन्दा बढी आणविक बम यही धर्तीको गर्भमा भण्डारण गरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अमेरिका र रसियाका छन् । जसले कुनै पनि बेला पृथ्वीबाट चराचर जीव–जगतको संहार गर्न सक्छ ।

भाइरस के हो ? भाइरसले कसरी ल्याउँछ महामारी ? :

भाइरस भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो र यसको अर्थ विष हो । सुक्ष्म जीवहरू व्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरू कोषबाटै बनेका भएपनि कोषबाट वनेका बाँकी अन्य सूक्ष्म या ठूला जीवहरूभन्दा कोषको संरचनागत हिसाबमा भिन्न छन् । त्यो भिन्नता के हो भने यिनीहरूको कोषभित्र न्युक्लेस हुन्न, जब कि अन्य सबै प्रकारका जीवहरूको कोषभित्र न्युक्लेस हुन्छ । त्यसैले वैज्ञानिकहरूले सम्पूर्ण जीवहरूलाई कोषभित्र न्युक्लेस हुने र नहुने समूहका रूपमा दुई खेमामा विभाजन गरेका छन् । कोषभित्र न्युक्लेस नहुनेलाई प्रोकार्‍योट्स (Prokaryote) र हुनेलाई युकार्‍योट (Eukaryote) भनिन्छ । ब्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरू प्रोकार्‍योट्स वर्गमा पर्छन् भने मानव र ठूला रुख–विरुवासम्मका बाँकी जीवहरू युकार्‍योट्स वर्गमा पर्छन् ।

तर, भाइरस भने यी दुबै युकार्‍योट र प्रोकार्‍योट्स भन्दा पनि भिन्न प्रकारको जीव समूह हो । भाइरस भन्ने जीवाणु कोषभित्र न्युक्लेस नहुने मात्र होइन कि यो त कोष नै नभएको कणरूपी जीव हो । व्याक्टेरियाभन्दा पनि सय गुणा सानो आकारमा हुने यो जीवले कुनै अन्य जीवको शरीरमा नपसीकन सन्तान उत्पादन गर्न सक्दैन । भाइरस वास्तवमा स्वतन्त्र रूपले अस्तित्वमा रहन नसक्ने कण हो । यस कणलाई भाइरियोन भनिन्छ । कुनै प्राणीको शरीरमा प्रवेश नपाउँदासम्म यस कणले जीवन पाउँदैन या यो भाइरसको रूपमा क्रियाशील हुँदैन । न यसलाई श्वास फेर्नु जरुरी छ, न त केही खानु नै पर्दछ । भाइरियोन कणभित्र भाइरसको गुण बोकेका वंशाणु पदार्थहरू डिएनए वा आरएनए संरक्षित रही बसेका हुन्छन् । वास्तवमा तिनीहरू विशेष प्रकारको संरचना भएका प्रोटिन अणुहरू हुन् । ती प्रोटिन अणुहरूलाई संरक्षण गर्नका लागि क्याप्सिड नामको आवरण रहेको हुन्छ । त्यही आवरणभित्र प्रोटिन अणुहरू सुरक्षित रहेका हुन्छन् । कुनै–कुनै भाइरसमा प्रोटिन अणुहरूलाई चिल्लो पदार्थ (lipids) ले छोपेको पनि हुन्छ । यी सबै कुराहरू हेर्नका लागि साधारण खालको अप्टिकल माइक्रोप्सकोपले काम गर्दैन । यसको लागि हजारौँ गुणा ठूलो बनाई देखाउने इलेक्ट्रोन माइक्रोप्सकोपको जरुरी पर्दछ ।

गुफावासी आदिम मानवहरूको संख्या केही लाख मात्र थियो । उनीहरूमध्ये धेरै मरे केवल दुई हजार जति मात्र बाँच्न सफल भए । त्यसपछि उनीहरूले ठूलो समुहमा बस्ने बानी परिवर्तन गरे । खानाको खोजीमा साना–साना समुह बनाएर युरोप, एसिया, अमेरिकालगायत विभिन्न स्थानमा पुगे । करिव ६५ देखि एक लाख वर्षअघिको उनीहरूको निर्णयले उनीहरूको अस्तित्व बचाउन सफल रह्यो । स–साना समुहमा विभाजित भएर अफ्रिका छोड्ने निर्णय अस्तित्व रक्षाका लागि हाम्रा पूर्वजहरूले गरेको ऐतिहासिक र दीर्घकालिक महत्वको निर्णय थियो ।

कुनै वस्तु जीवन भएको हुनका लागि त्यसले कम्तीमा पनि श्वास फेरेको (अक्सिजन लिएर कार्वनडाइअक्साइड फालेको) र सन्तान उत्पादन गरेको हुनु जरुरी पर्दछ । भाइरसमा यी दुबै गुण छैन । श्वास त यसले फेर्दैन नै, तर कुनै जीवको शरीरभित्र प्रवेश पाएपछि (एक कोषीय व्याक्टेरियाजस्तो सूक्ष्म जीवदेखि मानवसम्मको उच्चकोटिको जीवको कोषभित्र) भने यसले तीव्र गतिमा सन्तान उत्पादन गर्दछ अथवा भनौँ यसले आफूजस्तै प्रकारका कणहरू उत्पादन गर्दछ । भाइरसमा यस्तो गुण हुनुमा यसभित्र रहेका डिएनए वा आरएनए प्रोटिन अणुहरू नै जिम्मेवार छन् । यी कारणहरूले गर्दा भाइरस वास्तवमा जीव र निर्जिव वस्तुबीचको कण हो पनि भनिन्छ । तसर्थ, वैज्ञानिकहरूले यो जीव समूहलाई युकार्‍योट र प्रोकार्‍योट्स मध्ये कुनै पनि वर्गमा समावेश गरेका छैनन् ।

अमेरिकाको सेन्ट्रल मिचिगन युनिभर्सिटीको कलेज अफ मेडिसिनका वैज्ञानिक विलियम रवर्ट फ्लिस्चमान जुनियर भन्छन्, ‘वंशाणुगत छनौट परिणामअनुसार भाइरसहरू निरन्तर बदलिइरहन्छन् । उत्परिवर्तन (Mutation) को प्रक्रियाबाट उनीहरूमा सूक्ष्म वंशाणुगत परिवर्तन भै रहन्छ र वंशाणुहरूबीच पुनर्संयोजन भई तिनीहरूको संरचनामा नै मुख्य (Major) परिवर्तन आउँछ । जब भाइरसको वंशाणुचित्र (नभलयmभ) मा कुनै त्रुटि समाहित हुन्छ, तब रूपान्तरण सहित पुनर्प्रिवर्तनले ठाउँ लिन्छ । जब सहसंक्रमणशील भाइरसहरूले वंशाणुगत सूचनाहरू आदानप्रदान गर्छन् तब पुनर्संयोजन हुन्छ र त्यहाँ पहिलेभन्दा फरक नयाँ प्रकारको भाइरस (Novel Virus) को विकास हुन्छ ।’ अहिलेको कोरोना रूपान्तरित भाइरस हो भन्ने वैज्ञानिकहरूको विश्वास छ । (हेर्नुहोस् : W. Robert Fleischmann, Jr., Medical Microbiology. 4th edition, Chapter 43)

वर्तमान महामारी प्रकोपको शुरुवातबारेका अनुमानहरू :

सन् २००२ मा चीनको युनान प्रान्तको एक सुदुर स्थानमा रहेको गुफामा भाइरस वैज्ञानिकहरूले ‘हर्सशू चमेरो’को एकल बस्तीको पहिचान गरेका थिए, जसमार्फत् कोरोना भाइरस चमेरामार्फत मानिससम्म पुगेका थिए र जसको संक्रमण करिव ८ सय व्यक्तिको मृत्युको कारण बन्यो । शोधकर्ताले मृत्युका लागि जिम्मेवार यो भाइरस सजिलै चमेरोको यस्तो बस्तीबाटै आएको हुन सक्ने अनुमान गरे । यी सबै अनुमान हुन् । त्यही कोरोना भाइरसले आफूलाई रूपान्तरण गरेको हो वा यो नितान्त नयाँ भाइरस हो त्यो खोजकै विषय रह्यो । कसैले यसलाई जैविक युद्धको सुरुवात भएको र यो जैविक हतियारको रूपमा शक्ति राष्ट्रद्वारा निर्माण गरिएको आरोप पनि लगाए । यी सबै अनुमानका कुरा भए । यतिखेर कोरोना नोबेल भाइरसले संसारका ‘मै हुँ’ भन्ने मानव सभ्यताका मसिहाहरूलाई चुनौती दिइरहेको छ । अब महत्वपुर्ण कुरा यसको नियन्त्रणको लागि लडिने लडाइँलाई कसरी ब्यवस्थित गर्ने भन्ने नै हो ।

भाइरसबाट प्रतिरक्षाका उपायहरू

कोरोना भाइरसको महामारी कुनै वाद–सिद्धान्त, आग्रह–पूर्वाग्रहभन्दा परबाट सिर्जित समग्र मानवजातिलाई चुनौती दिन सक्ने एउटा भयानक खतरा हो । यो खतरासँग जुझ्नको लागि कुनै वाद–सिद्धान्त वा आग्रह पूर्वाग्रहले ग्रसित भएर हैन, त्यसबाट बाहिर निस्केर, आफ्ना शक्ति, क्षमता र गच्छेअनुसार बलियाले निर्धालाई, हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सघाउनु जरुरी छ । नभुलौँ, यो बेला भनेको एकअर्कामाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने बेला हैन, यो बेला भनेको विश्व मानवजगतमाथि नै देखापरेको महासङ्कटलाई सबै मतभेद, मनभेदहरूलाई थाँती राखेर एकजुट हुँदै लड्ने बेला हो ।

यो भाइरस बिरुद्ध खोप बनाउने प्रयास भैरहेका सुचना आइरहेका छन् । यसमा चीन् र अमेरिकाले मिलेर काम गर्ने सहमति भएको पनि सुनिएको छ । तर त्यसको लागि अलिक लामो समयको आवश्यकता हुन्छ । परीक्षण र प्रमाणिक रूपमा अनुमति नपाएसम्म औषधिको प्रयोग गर्नु घातक पनि हुन सक्छ । कुनै पनि औषधि अनुसन्धान भएर पूर्ण रूपमा प्रमाणित हुन ५–१० वर्षको समय लाग्छ । तर, यदि पहिले नै कुनै अरु रोगको उपचारमा प्रयोग भएको औषधि अर्को रोगमा प्रयोग हुन सकेको खण्डमा भने १–२ वर्ष वा त्यो भन्दा कम समयमा उपलब्ध हुन सक्छ । त्यसैले सरकारको निर्देशन पालन गर्दै एकान्तवास बस्नु बाहेक हामीसँग हाललाई अन्य विकल्प छैन ।

महामारीबाट सिर्जित यो मानव–सङ्कट पहिलो हो त ? :

महामारीको इतिहासले यो बताउँछ कि मानव सभ्यताको शुरुवात कालदेखि अहिलेसम्म यस्ता प्रकोपहरू धेरै पटक आएको देखिन्छ । सन् २००८ अमेरिका र इजरायलको संयुक्त अन्वेषण टोलीले गरेको खोजअनुशार आजभन्दा ७५ हजार वर्ष पहिला भोकमारीपछि आएको अज्ञात रोगका कारण मानव सभ्यता लोप हुने अवस्था आएको थियो । त्यो समयमा मानिसहरू अफ्रिकाका विभिन्न ओडारमा बस्ने गर्थे । त्यो बेला गुफावासी आदिम मानवहरूको संख्या केही लाख मात्र थियो । उनीहरूमध्ये धेरै मरे केवल दुई हजार जति मात्र बाँच्न सफल भए । त्यसपछि उनीहरूले ठूलो समुहमा बस्ने बानी परिवर्तन गरे । खानाको खोजीमा साना–साना समुह बनाएर युरोप, एसिया, अमेरिकालगायत विभिन्न स्थानमा पुगे । करिव ६५ देखि एक लाख वर्षअघिको उनीहरूको निर्णयले उनीहरूको अस्तित्व बचाउन सफल रह्यो । स–साना समुहमा विभाजित भएर अफ्रिका छोड्ने निर्णय अस्तित्व रक्षाका लागि हाम्रा पूर्वजहरूले गरेको ऐतिहासिक र दीर्घकालिक महत्वको निर्णय थियो ।

त्यस्तै, क्रमशः महामारीहरूको कुरा गर्नु पर्दा, एन्टोनीन प्लेगले ईसापूर्व १६५ देखि १८० सम्म चलेको महामारीले ५० लाख मानिसको ज्यान गएको थियो । सन् १३४६ देखि १३५३ ब्ल्याक डेथ नाम दिइएको महामारीले आधा युरोपियनको ज्यान लिएको बताइन्छ । सन् १५१९ देखि १५३२ सम्म फैलिएको अर्को अमेरिकन प्लेगले समेत १ करोडदेखि १ करोड ८० लाखसम्मले ज्यान गुमाएको अनुमान छ । त्यो रोगको लक्षण जन्डिस जस्तो तर अझ घातक थियो । अधिक ज्वरो आउनेदेखि लिएर नाक–कानबाट रगत समेत बग्ने हुन्थ्यो । युरोपबाट अमेरिकामा सरेको यो रोगको कारण अमेरिकाका ९० प्रतिशत आदिवासीको ज्यान गएको बताइन्छ ।

त्यस्तै ‘फ्लु पेण्डामिक’ नामको महामारीले सन् १८८९ देखि १८९० को केही महिनाभित्रै पाँच लाखको ज्यान लिएको थियो । सुरुमा रसियामा देखापरेको यो रोग हवाईयात्राका कारण संसारभर फैलिएको थियो । आधुनिक युगमा महामारीका कारण सर्वाधिक ज्यान गएको मानिएको नै स्पानिस् फ्लु हो । सन् १९१८ देखि १९२० सम्म महामारी चल्दा ५ करोड ज्यादा मानिसको ज्यान गएको बताइएको छ ।

प्राणघातक महामारीको इतिहास हेर्दा थाहा हुन्छ कि दक्षिण अफ्रिकामा चिम्पान्जीबाट मानिसमा संक्रमण भएको विश्वास गरिएकोे एड्सले अहिलेसम्म ३ करोड ५० लाखले ज्यान गुमाइसकेका छन् । सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाईन फ्लुका कारण संसारभर १ लाख ५२ हजार देखि ५ लाख ७५ हजारसम्म मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । मेक्सिकोमा केन्द्रबिन्दु भई फैलिएको स्वाईन फ्लुको जिवाणु भने सुँगुरबाट आएको बताइएको छ । सन् २०१४ देखि २०१६ सम्म चलेको इबोला नामको सरुवा रोगले ११ हजार ३ सय २५ मानिसको ज्यान गएको थियो । इबोलाबाट ज्यान गुमाउनेहरू अफ्रिकन देशसहित युरोपेली र अमेरिकन देशहरू पनि थिए । २०१५ मा दक्षिण अमेरिकाबाट फैलिएको ‘जिका’ भाइरसका कारण ८५ हजार मानिसको ज्यान गएको थियो । यसरी बेला–बेलामा संसारमा मानव सभ्यतालाई चुनौती दिन यस्ता महामारिहरू आउने गरेका छन् । त्यसको प्रतिकार औसधिको आबिस्कारले मात्र असम्भब छ । प्रकृतिको नियमलाई सम्मान नगर्ने र प्रकृतिलाई नियन्त्रण गर्न खोज्ने मानवीय प्रवृतिलाई सच्याउँदै मानव सभ्यता र प्राकृतिक परिचक्रलाई सन्तुलनमा राख्ने नयाँ बाटो नखोजेसम्म मानव सभ्यताले प्राकृतिक चुनौतीहरू भयानक परिणाम सहित सामना गर्न तत्पर रहनुको अन्य विकल्प देखिँदैन ।

आधुनिक मानवको आत्मघाती महाभूल

अहिले मानिसले विद्युत र हतियार आपूर्तिको लागि ४५० न्युक्लियर स्टेशन बनाएका छन् । तिनै हतियारहरू मानवीय गल्ती, उत्तेजना वा असावधानीको कारण बिष्फोट भए भने मानव सभ्यता सङ्कटमा पर्ने कुरा निश्चित छ ।

त्यस्तै अर्कोतर्फ औद्योगिकरणले निम्त्याएको वातावरणीय प्रदुषणले विकराल सङ्कटहरू निम्त्याउँदै गैरहेको छ । हामीद्वारा सृजित बातावरण प्रदुषणले पृथ्वीको तापक्रम २. ५ डिग्रि बढिसकेको छ । त्यसले निम्त्याउने प्राकृतिक दुर्घटना पनि हाम्रो सन्निकट छैन भनेर भन्न सकिन्न किनकि गोलार्धका हिम पहाडहरू पग्लेर समुन्द्रको उचाई दिन प्रतिदिन बढिरहेको छ ।

यी सबै कारण पृथ्वीले कुनै पनि बेला प्रलयको सामना गर्ने अवस्था आउन सक्छ भनेर मानव इतिहासबारे आउदो प्रवुद्ध जीवलाई उपहारस्वरूप इन्टरनेसनल टाइम क्याप्सुल सोसाइटीले १० देखि १५ हजार स्थानमा टायम क्याप्सुल गाडिएको जनाएको छ । भविष्यका ती ज्ञानी जीवले टायम क्याप्सुल भेट्टाए भने धर्तीमा १० लाख वर्षसम्म मानिसको सभ्यता थियो भन्ने ज्ञात गर्ने छन् । वैज्ञानिकहरू भन्दछन्, मानिससँग ९८.९५ डिएनए तथा ब्लु प्रिन्ट मिल्ने चिम्पान्जीले अबको लाखौ वर्षपछि उनीहरूको विद्यमान दिमागको २५ मात्र विकास गर्‍यो भने विकसित मानव बन्न सक्छ । वा अन्य कुनै जिवले करोडौँ वर्षमा त्यो स्थान लिन सक्छ । जसको लागि टायम क्याप्सुलले धेरै कुराको जानकारी दिने विश्वास गरिन्छ ।

धर्तीमा मानवीय महाभूलबाट मात्र प्रलय आउने कुरा सत्य हैन । प्रकृतिको आफ्नै कारणले पनि मानव सभ्यताको विनास हुन सक्छ । जस्तै २५०–३५० मिलियन वर्षमा हुने पृथ्वीका प्लेटहरूको समागम, सोलार रेडिएसन, उल्का वर्षा, ज्वालामुखी, पारो तथा कार्वनडाइअक्साइडको वृद्धि र अन्य ब्रमाण्डिय दुर्घटनाले पनि पृथ्वीमा प्रलय आउँन सक्छ । यो बाहेक मानवसिर्जित खतरामा वन–जंगलको समाप्ति, मरुभूमिकरण र जल, स्थल र स्पेसमा मानवनिर्मित फोहर आदि कारण पर्दछन् । प्राणी जगतको चक्रीय प्रणाली बिग्रनाले फैलिने रोग र जीव जगतमा आउने खतराले समेत बेलाबेलामा मानव सभ्यतालाई चुनौती दिँदै आएको छ । चक्रीय प्रणाली असन्तुलित हुँदा जनावरमा हुने परजीवीहरू मानवमा संक्रमण हुने खतरा अत्याधिक हुन्छ । त्यसैले मानव द्वारा आफूबाट सिर्जित खतरा न्यूनीकरण गर्दा पृथ्वीमा जीव जगतको आयु बढाउन सक्छ । अतः आफूसहित जीवजगतको सुरक्षाका लागि मानिसले बेलैमा सोच्नु श्रेयस्कर हुने छ ।

पूर्ववत सन्धिको पालना, वर्तमान बाध्यताका सकारात्मक असरहरू :

यो परिवर्तनपछि ओजोन क्षयीकरण गर्ने वस्तुको उत्पादनमा रोक लगाउने गरी सन् १९८७ मा मोन्टरियल प्रोटोकल ल्याइयो । यसको नियमनकारी प्रवाधानलाई शक्ति राष्ट्रहरूले कहिल्यै महत्व दिएनन् । वर्तमान अवस्थामा भने आफू मरिने भयले सबै उद्योगपति तथा बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादन धेरै कम गरेका छन् । सवारी साधन कम गुडेको छ, जसले गर्दा प्रकृति निसास्सिन परेको छैन । मानवीय त्रासले लुकेका डल्फिनहरू इटालीको क्यानलमा अहिले देखिन थालेका छन् । चराको चिरबिर फेरि सुनिन थालेको छ । विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ । गत असि वर्षमा यो पहिलो पटक संसारभरका कार्वन उत्सर्जन (Emissions) गर्ने साधनहरू रुकावटबाट वातावरण सुधारोन्मुख देखिएको छ ।

पछिल्लो समय स्याटेलाइट दृश्यको अवलोकन र जलवायुको पछिल्लो अवस्थाले ओजोन तह सुधार हुँदै गएको देखाएको कोलोराडो बोउल्डर युनिभर्सिटीकी अन्तरा वनर्जी बताउँछिन् । वनर्जीका अनुसार कार्वन उत्सर्जनको यही अवस्था कायम रहेमा ओजोन तह सन् २०३० को दशकसम्म उत्तरी गोलार्धमा पूर्ण रूपमा १९८० को दशकको अवस्थामा आउनेछ । दक्षिणी गोलार्धमा भने उक्त अवस्थामा आउन सन् २०५० सम्म लाग्नेछ । विशेषगरी अन्टार्टिक होल पुरिन भने सन् २०६० को दशक कुर्नुपर्ने अपेक्षा छ । सन् १९८० को दशकको अन्तिममा देखिएको ओजोन तहको क्षयीकरणले दक्षिणी वायु थप दक्षिणतर्फ बहिरहेको छ । यसले वर्षाको चक्र र समुद्री छालको गतिमा नकारात्मक परिवर्तन देखिँदै आएको छ ।

आफू मरिने भयले सबै उद्योगपति तथा बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादन धेरै कम गरेका छन् । सवारी साधन कम गुडेको छ, जसले गर्दा प्रकृति निसास्सिन परेको छैन । मानवीय त्रासले लुकेका डल्फिनहरू इटालीको क्यानलमा अहिले देखिन थालेका छन् । चराको चिरबिर फेरि सुनिन थालेको छ । विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ ।

वैज्ञानिकहरूका अनुसार ओजोन क्षयीकरण गर्ने तत्वहरू निकै लामो समयसम्म रहन्छन् । त्यसैले कार्वन उत्सर्जन मा न्यूनीकरण भैरहे पनि अबको केही दशकसम्म ओजोन तह पहिलाको जस्तो अवस्थामा फर्किन सक्दैन ।

भाइरसको कारण अहिले उल्लेख्य मात्रामा आर्थिक गतिविधि रोकिएका छन् । यसले कार्बनडाइअक्साइड उत्सर्जनमा उल्लेख्य कमी आएको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले समेत बताएको छ । डब्ल्यूएमओले हालै मात्र एक विज्ञप्ति जारी गर्दै कार्बन उत्सर्जनमा कमी आउनुको अर्थ जलवायु परिवर्तनको लडाइँ रोक्नुपर्छ भन्ने नरहेको उल्लेख गरेको छ ।

अन्त्यमा, समयले दिएको यो चेतावनी पछि अब विश्वका देश आ–आफ्ना जानकारी खुला रूपमा साझा बनाउन इच्छुक हुनुपर्छ र अन्यसँग नम्रतापूर्वक सल्लाह माग्न तयार रहनुपर्छ । प्राप्त डेटा र अन्तरदृष्टिलाई सबैले विश्वास गर्न सक्नुपर्छ । चिकित्सा उपकरण उत्पादन र वितरण गर्न पनि विश्वव्यापी प्रयास आवश्यक छ, विशेष रूपमा परीक्षण गर्ने संयन्त्र र श्वासप्रश्वासका मेसिन । प्रत्येक देशले स्थानीय रूपमा कोसिस गर्नुको सट्टा र जे पायो त्यही उपकरण भण्डारण गर्नुको सट्टा विश्वव्यापी साझा प्रयासले उत्पादनको गति मज्जाले बढाउँन सकिन्छ र जीवनरक्षक उपकरणको निष्पक्ष वितरणको सुनिश्चित गर्न सकिन्छ । जसरी देशहरूले युद्धका बेला प्रमुख उद्योगलाई राष्ट्रियकरण गर्छन्, त्यसरी नै कोरोना भाइरसविरुद्धको अहिलेको युद्धमा हाम्रा महत्वपूर्ण उत्पादन शैलीलाई ‘मानवीय’ बनाउन आवश्यक छ । कोरोना भाइरसको सङ्क्रमण थोरै भएका धनी देश धेरै संक्रमित देखिएका गरिव मुलुकमा बहुमूल्य उपकरण पठाउन इच्छुक हुनुपर्छ । यो भरोसा र विश्वास राख्दै कि पछि आफूलाई सहयोग चाहिएका बेला अन्य देशपनि यसैगरी सहयोग गर्न तत्पर होउन् ।

अहिलेसम्मको इतिहासले देखाएको तथ्य यो हो कि अमेरिका आफ्नै साम्राज्यवादी नीतिबारे बढी ध्यान दिन्छ, मानवजातिको भविष्यबारे होइन । अमेरिकी प्रशासनले आफ्नो निजी स्वार्थमा धक्का लाग्ने बित्तिकै निकटतम सहयोगीलाई समेत त्यागेको छ । अहिलेकै उदाहरणलाई लिउँ, अमेरिकाले युरोपेली देशबाट पूर्वसूचनासमेत नदिईकनै सबै यात्रामा प्रतिबन्ध लगायो । त्यो कठोर कदमबारे युरोपेली समुदायसँग सल्लाह गर्ने कुरा त परै छाड्दिऊँ । आरोपअनुसार जर्मनीको एक औषधि उत्पादक कम्पनीलाई कोभिड–१९ को नयाँ भ्याक्सिनको एकाधिकार खरिद गर्न १ बिलियन डलरको प्रस्ताव राखेर जर्मनीलाई कालो कपट गर्‍यो । वर्तमान अमेरिकी प्रशासनको कसैगरी कार्यशैली परिवर्तन भयो र विश्वव्यापी कार्ययोजना बनाएर अघि सर्‍यो भने पनि ऐतिहासिक क्षणमा जिम्मेवारी नलिने नेताको पछि को लाग्ला र ! विश्वासको सङ्कट देखिएको छ । जो कहिल्यै गल्ती स्वीकार्दैन, जो योजनाबद्ध तरिकाले सबै श्रेय आफैं लिन खोज्छ र दोषजति अरूलाई दिन्छ ।

अहिलेका तमाम समस्याको सृजनाकार अमेरिकाको कार्यशैली हो । मध्यपूर्व, इरान, अफ्रिका, इन्डो प्यासिफिक, पेनेसुयाला, दक्षिण अमेरिकालगायत देशमा निर्यात गरेको हिंसा, अरुका सम्पदाहरूको ब्रह्मलुट, अन्याय र प्राकृतिक जैविक अधिकारमाथिको एकाधिकारले अमेरिकी कार्यशैलीलाई सताब्दीदेखि हालसम्म गिज्याइरहेको छ । शक्तिराष्ट्रहरूको सन्काहा शैलीले नै चल्ने हो भने अब निकट भविष्यमा संक्रमणका कारण युरोप तथा अमेरिका मृत्युशालामा परिणत हुने खतरामा नपुग्ला भन्न सकिन्न ।

संसारभर आक्रामक तवरले विस्तार भइरहेको कोरोना संक्रमणविरुद्धको लडाइँमा चिकित्सकीय, मानवीय, भौतिक सहायताको समन्वय र नेतृत्व गर्न अमेरिका पूणतः असफल रह्यो । अमेरिकी हैकमवाद र ‘अमेरिका प्रथम’ नीतिका कारण कोरोना सङ्कटले आर्तनाद गरिरहेका युरोपेली मुलुकहरूमाथि बज्रपात हुन पुग्यो । जसलाई ‘मेरो देश प्रथम’ र ‘हाम्रा महान् जाति’ भन्ने शक्तिहरूले आँखामा आँशु टिलपिल पार्दै हेर्नु सिवाय केही गर्न सकिरहेका छैनन् ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिएको पहिलो हो । यसको औषधी र उपचार विधि नै छैन । यसको रोकथामको लागि चिनियाँ सरकारको सफल रणनीति र अनुभव, अमेरिका तथा युरोपको असंवेदनशीलताका कारण सिर्जित भयावह स्थितिको सुक्ष्म विश्लेषण र अनुभवको सार नै वर्तमान सरकारको सिकाइ हुनुपर्छ भन्ने राय विश्वका डाक्टर तथा संक्रमण रोग विशेसज्ञहरूले दिइरहेका छन् । त्यसैले सबैले आफ्नो कार्यशैलीको पुनरावलोकन गर्ने समय घर्किन दिनु भनेको मानव सभ्यता संसारबाटै लोप गराउने अपराधको जिम्मा लिनुसरह हुने छ ।

त्यसमा अन्य देशहरूको कर्तब्यले पनि महत्वपूर्ण भूमिका खेल्ने छ । जसमा अमेरिकाले संसारमा प्रदुषण, हतियार त्रास र सामरिक अविस्वासको जुन गहिरो खाडल निर्माण गरेको छ । त्यसलाई सहअस्तित्व र सान्तिमा विश्वास गर्ने सम्पूर्ण राष्ट्रहरूको एकता तथा सहकार्यले जवाफ दिनेछ । अमेरिकाले छोडेको यो शून्यता र अविस्वासमा अन्य देशले आशा जगाउन सकेनन् भने वर्तमान महामारी लगायत भैपरी आउने अन्य कठिनाईहरू रोक्न कठिन मात्र हुने छैन, यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नै धराशायी र कलुषित बनाउनेछ । त्यसैले वर्तमान महामारीरूपी सङ्कट पृथ्वीको वातावरणलगायत धेरै कुरामा सुधार गर्ने एउटा अवसर पनि हो ।