संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा

संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा


भारत र तेस्रो मुलुकबाट आएका नागरिक करिव चार सय पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा जिल्लाभरि भारत र तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकीकृत तथ्यांक सोमबार सार्वजनिक गरी ३७१ भारत र १३ अन्य तेस्रो मुलुकबाट जुम्लीहरू जिल्लामा भित्रिएको जानकारी दिएको छ । तीमध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा छन् । यसैगरी ४६ जना होम क्वारेनइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा रहेको छ ।

भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार उनीहरूलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल र हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे हो ।

संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा

हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक नयाँ दिल्लीबाट जहाजमा सँगै आएको भन्ने थाहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । उनी अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ ।

उनी काठमाडौंमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलाई उद्धृत गर्दै राससले जनाएको छ ।