नेपाल आँखा अस्पताल २४सै घण्टा सेवामा

नेपाल आँखा अस्पताल २४सै घण्टा सेवामा


कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयासस्वरुप मुलुक यतिबेला ‘लकडाउन’को अवस्थामा छ । यस्तो बेला सबैका आ–आफ्नो नियमित काम, कर्तव्य वा दैनन्दिनी खल्बलिनु स्वाभाविक नै छ ।

‘लकडाउन’का कारण कतिपय व्यक्ति तथा सङ्घ–संस्थाले आफूलाई पूरै निस्कृय तुल्याएर बसेका समाचार पनि सुनिएका छन् । यहाँसम्म कि बिरामीको उपचार गर्नुपर्ने अस्पताल एवम् चिकित्सकहरूले समेत ‘लकडाउन’को बहानामा कर्तव्यपालनाबाट पन्छिरहेका बुझिएको छ । यसबाट नयाँ बिरामीहरू त उपचार सेवाबाट वञ्चित हुने नै भए, नियमित चिकित्सकीय परामर्शमा रहेका पुराना बिरामीलाई समेत मर्का पर्न जानेमा विवाद रहन्न ।

बिरामीको यस्तै मर्का या समस्या बोध गरेर त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’ले लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राही (बिरामी)हरूलाई २४सै घण्टा उपचार सेवा प्रदान गर्ने भएको छ ।

नियमित चिकित्सकीय सेवा लिइरहेका वा अस्पतालमा नियमित रूपमा आँखा परीक्षणमा रहेका आँखाका बिरामीले कुनै समस्या परेमा आफूसँग सम्बन्धित चिकित्सकलाई फोनमार्फत् सम्पर्क गरी सल्लाह–सुझाव लिन सकिने सो अस्पतालले जनाएको छ ।

इमर्जेन्सी सेवाको खाँचो पर्ने सेवाग्राहीको निम्ति सम्बन्धित चिकित्सकको नाम, सेवा प्रदान गर्ने समय र मोबाइल नम्बरसमेत अस्पतालले उपलब्ध गराएको छ । नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. कमल खड्काले दिनुभएको जानकारीअनुसार आफ्ना आँखाका बिरामीहरूको निम्ति विशेषज्ञ टोलीसहितको २४ घण्टे इमर्जेन्सी सेवा उपलब्ध गराइएको छ ।

डाक्टरलाई कुन नम्बरमा कतिबेला सम्पर्क गर्ने, हेर्नुहोस् तलको सूची–