ह्यारी र मेघानले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नुपर्ने राष्ट्रपति ट्रम्पको प्रष्टोक्ति

ह्यारी र मेघानले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नुपर्ने राष्ट्रपति ट्रम्पको प्रष्टोक्ति


इङ्ल्यान्डको राजप्रासाद (दरबार) छाडेर सामान्य नागरिकको रुपमा स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च अमेरिकाले व्यहोर्न नसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारेका छन् ।

ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस पुगेका खबर सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन् ।

ट्वीटमा ट्रम्पले लेखेका छन्, ‘म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन् ।’

यसैबर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गरेका थिए । राजदरबार परित्याग गर्ने बेलामा अमेरिका र बेलायतमा आलोपालो बस्ने उनीहरुले बताएका थिए ।