३ माघ २०७७, शनिबार

विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार ०५:५७


नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ ।

मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले एक विज्ञप्ति जारी गरी उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गरेका हुन् ।

‘विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ’, अध्यक्ष गुरागाईंले भनेका छन् । यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाको सुझाव छ ।

कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्न र विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन नाट्टाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामभरत साह, जनकपुर महोत्तरी जिल्लाको मठीहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जग्गरनाथ दास बैष्णवले मठको नाउँमा रहेको जनकपुरधाम उपमहानगरपालिका–८ बजरंग चोकस्थित

मायादेवी च्यारिटेबल फाउण्डेशनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । जाडोबाट बच्न केही भए

बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ

हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।