आगामी वैशाख ३ सम्म हवाई उडान रोक्ने सरकारको निर्णय

आगामी वैशाख ३ सम्म हवाई उडान रोक्ने सरकारको निर्णय


सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबा। (१६ चैत) सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

यसअघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको र कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववर्ती निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका हुन् ।