‘प्रि अकुपाइड माइन्डसेट’वालालाई पूर्वमन्त्री गोकुलको प्रश्न

‘प्रि अकुपाइड माइन्डसेट’वालालाई पूर्वमन्त्री गोकुलको प्रश्न


पूर्वमन्त्री एवम् नेकपाका युवा नेता गोकुलप्रसाद बास्कोटाले लकडाउनको समयमा एउटा लघु कविता लेखी सार्वजनिक गर्नुभएको छ।

गत फागुन ८ गते आफूमाथि आरोप लागेपछि छानबिन सहज होस् भन्दै पदबाट राजीनामा दिएर घर बस्नुभएका गोकुल सोही दिनदेखि नै लकडाउनको अवस्थामा हुनुहुन्छ । तर, कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गर्नुअघि पूर्वमन्त्री गोकुललाई भेट्न घरमा पुग्नेहरुको सङ्ख्या करिव सात हजार भएको बुझिएको छ।

यसैबीचमा उहाँको निवासमा विप्लव समूहले बम बिस्फोट गराइ क्षति पुर्‍याइदिएको छ र विस्फोट गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा पनि लिइसकेको छ। गोकुल बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ र त्यहीँ रहेर उहाँले लेख्नुभएको कविता निकै अर्थपूर्ण प्रतीत हुन्छ ।

शत्रु पहिचान गरेर तिनै शत्रुलाई लक्षित गरि लेखिएको कविता यस्तो रहेको छ-

तिमी केही हौ
र, म पनि केही
अनि तिम्रो लोकतन्त्रमा
तिमीले अनुमति दिएकाहरुले मात्र
तिमीले इच्छाएका इच्छापत्रको फ्रेमवर्कभित्र मात्र
मैले बोल्न पाउने हो भने,
मेरो लोकतन्त्रको सीमाना
मलाई देखाईदेउ
मेरो प्रश्न, प्रि अकुपाइड माइन्डसेटवालालाई !