चीनबाट आइपुग्यो कोरोना भाइरसविरुद्ध प्रयोग गरिने सामग्री

चीनबाट आइपुग्यो कोरोना भाइरसविरुद्ध प्रयोग गरिने सामग्री


कोभिड–१९ को संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चीनबाट झिकाइएका सामग्री आज (१६ चैत) बिहान नेपाल आइपुगेको छ । चीनको सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका सामग्रीसहितको विमान आइतबार बिहान पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

चीनबाट आयात गरिएका सामानहरुमा सुरक्षित गगल्स (एक लाख थान), पीपीई गाउन (एक लाख थान), जाँच गर्दा लगाउने पन्जा (एक लाख थान), सफाई गर्दा लगाउने पन्जा (सात हजार थान), मास्क (असी हजार थान), जुत्ता छोप्ने कभर (एक लाख थान), अनुहार छाप्ने (एक लाख थान), इन्फ्रारेड थर्मोमिटर (१५ सय थान), पिसिआर मेसिन (पाँच थान), पोर्टेबल पीसीआर रिएजेन्ट (पचास हजार थान), परीक्षण किट (पचास हजार थान) र नमूना संकलन गर्ने ट्युब (पचास हजार थान) रहेका बताइएको छ ।