एनआरएनए पोर्चुगलले समस्यामा परेका नेपालीलाई राहत बाँड्दैं

एनआरएनए पोर्चुगलले समस्यामा परेका नेपालीलाई राहत बाँड्दैं


गैह्र आवासीय नेपाली संघ पोर्चुगलले आइतबार अर्थात मार्च २९ तारिखका दिन आपतकालीन राहत वितरण गर्ने जनाएको छ । नव आगान्तुक एवं समस्यामा परेका नेपालीका लागि संघले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेका प्रवासी नेपालीका लागि राहतका प्याकेज ल्याइएको सहयोग समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिए । उनका अनुसार संघले दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल लगायतका सामाग्री वितरण गरिनेछ । ‘हामीले भर्खर मात्रै आएका नेपाली दाजु भाई, तथा दिदी बहिनीका लागि राहत वितरणको कार्यक्रम आयोजना गरेका हौं ।’ उनले भने, ‘सबैजना आउनुस्, आवश्यक खाद्यान्न लिएर जानुस् ।’

आइतबार दिउँसो २ देखि साँझ ६ बजेसम्म राहत वितरण गरिने सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले जानकारी दिए । उनका अनुसार राहत संघको कार्यालयबाट वितरण हुनेछ । यसका साथै संघले विभिन्न क्षेत्रीय समितिमार्फत पनि राहत वितरण गर्ने तयारी गरेको छ ।