कोरोना भाइरसको रोकथाम र उपचारका लागि आवश्यक सामग्री लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज चीनतर्फ उडेको छ ।
निगमको वाइडबडी–४१७१ जहाज शनिबार (१५ चैत) मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । मन्त्री भट्टराईका अनुसार आज गएको विमान औषधि उपकरण लिएर आजै राति १ बजे नेपाल फर्किनेछ ।
उक्त जहाजमा चार पाइलट, दुई इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका बताइएको छ ।
ज्ञातव्य छ, चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ ।
प्रतिक्रिया