सङ्क्रमितका नमूना लिन गएको जहाज धावनमार्गमा चिप्लियो

सङ्क्रमितका नमूना लिन गएको जहाज धावनमार्गमा चिप्लियो


नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाई(१२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगे पनि जहाजमा सवार सबै व्यक्ति सकुशल रहेका छन् ।

चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने निगमले जनाएको छ ।
–––