‘कोभिड–१९’सङ्क्रमित चौथो व्यक्ति फेला परे

‘कोभिड–१९’सङ्क्रमित चौथो व्यक्ति फेला परे


थप एक जना नेपाली ननागरिकमा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा शुक्रबार (१४ चैत) कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिएका हुन् ।

सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका बताइएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

यी चारमध्ये एक जना पहिले नै उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको काठमाडौंस्थित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।