मुटुको चाल ‘सामान्य’ भएपछि प्रधानमन्त्री डिस्चार्ज

मुटुको चाल ‘सामान्य’ भएपछि प्रधानमन्त्री डिस्चार्ज


मुटूको चालमा अस्वाभाविकता आएको महसुस भएपछि बिहीबार (१३ चैत) राति अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओली अस्पतालबाट निवास फर्कनुभएको छ ।

रातको ११ बजे अस्वस्थता महसुस गरेपछि प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा पुऱ्याइएको थियो । उहाँलाई शुक्रबार साँझ (१४ चैत) डिस्चार्ज गरिएको हो । सम्बन्धित चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्यावस्था यतिबेला सामान्य रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको उपचारमा लामो समयदेखि संलग्न चिकित्सक अरुण सायमिले उहाँमा मुटुको चाल बढ्ने समस्या पहिलेदेखि नै रहेको जानकारी दिँदै हिजो पनि त्यस्तै समस्या देखिएको तर अहिले सामान्य भएपछि डिस्चार्ज गरिएको बताए ।