झुलाघाटमा दुई सय नेपाली अलपत्र, क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

झुलाघाटमा दुई सय नेपाली अलपत्र, क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी


■ विनोदसिंह विष्ट/बैतडी (रासस)

भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताउनुभयो । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको गुनासो गर्नुभयो ।

सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिनुभयो । अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदीे किनारको जंगलमा लुकेर बसेका छौं’, उहाँले भन्नुभयो ‘भारतमा लकडाउनका कारणे होटलहरू बन्द रहेकोले तीन दिनदेखि भोकभोकै बाहिरै सुत्ने गरेका छौं ।’ उहाँहरू भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन् बिरामी भइने चिन्ता थपिएको छ । यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पुऱ्याउन केही पहल नगरेको भन्दै उहाँहरूले आक्रोस व्यक्त गर्नुभएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताउनुभएको छ । दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएकोे जनाएको छ ।

बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ ।

६४ जनाको उद्धार

‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिनुभएको छ । महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

‘लक डाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको छ । दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी दिनुभयो । स्थानीय प्रशासनले ‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ ।

क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो ।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि केहीले अहेव धामीलाई कुटपिट गरेको जानकारी दिनुभयो । आफ्ना छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय नरेन्द्र जागिरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको उहाँले बताउनुभयो । नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सात जना बुधवार राती घर फर्केका थिए ।

भारतबाट फर्केका सात जनालाई पुर्चौडी नगरपालिका–५ कुवाकोटको भूमिराज मावि काटै गहतलको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती साडे दश बजे ड्यूटीमा खटिएका अहेव धामीलाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

ती सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित निगरानीमा राखेका थिए । स्वास्थ्यकर्मील कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि कुटिपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका अहेव धामीको छाती र हातमा चोट लागेकोे छ र हाल हाट स्वास्थ्यचौकीमा उहाँको उपचार भइरहेको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयलेहातपात गर्ने जागरीलाई बिहीवार नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले कोरोना भाइरस भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घटना भएको बताउनुभयो ।

यसैबिच नगरपालिकाले आफ्नो ज्यानको परवाह नगरी कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको भन्दैे बिहीवार विज्ञप्ति जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थी र स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा हातपात गर्ने नरेन्द्र जागरीलाई हदैसम्मको सजायको माग गरिएको छ ।

सुदूरपश्चिमका तेह्र जनाको स्वाब नमूना पठाइयो

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्र्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित आठ, महाकाली अस्पतालबाट पठाइएका दुई, बैतडी जिल्ला अस्पतालका दुई र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक गरी १३ को नमूना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको हो । कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएकाले सुदूरपश्चिम प्रदेशबाट नमूना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ । उहाँले नमूना परिक्षणको रिपोर्ट आउन दुई तीन दिन लाग्ने बताउनुभएको छ ।

हाल अलग्गै आइसोलेसनमा राखेर उनीहरूको उपचार भइरहेको छ । प्रदेश प्रयोगशालाले सुदूरपश्चिमबाट यसअघि पठाइएका १४ वटा नमूना परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोभिड १९ को परिक्षण गर्न सुदूरपश्चिममा प्रयोगशाला छैन ।

पशुबली चढाउन निषेध

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने निर्णय भएको जानकारी दिनुभयो । चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको र सुरक्षा निकायले त्यसलाई निषेध गर्ने