१५ मंसिर २०७७, सोमबार

नौ सय मेगावाटको अरुण तेस्रोको काम सङ्क्रमणको त्रासले स्थगित

  प्रकाशित मिति
१३ चैत्र २०७६, बिहीबार ०२:१५


सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम कोरोना भाइरस सङ्क्रमणको त्रासले स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ ।

भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबार (११ चैत) बाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानलाई उद्धृत गर्दै राससले जनाएको छ । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।

नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको दिदिङमा पटेल इञ्जीनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो

‘राष्ट्रिय शक्ति नेपाल’को संयोजन एवम् आह्वानमा राजधानी काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंका

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताएका छन् । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा

पछिल्लो २४ घण्टामा नेपालमा थप १,४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो