बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस सङ्क्रमण

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस सङ्क्रमण


बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण भइसकेको पुष्टि भएको राजकुमारको निजी सचिवालयले जानकारी दिएको हो ।

उहाँकी ७२ वर्षीया पत्नी तथा डचिस अफ कोन्र्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूलाई उद्धृत गर्दै एपीले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँगै राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बस्नुभएको छ ।

उहाँमा सामान्य लक्षणहरू देखिएपनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको र उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित रूपमा गर्दै आउनुभएको बताइएको छ ।

७१ बर्षीय राजकुमार चार्ल्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको चिकित्सकहरूले बताएका छन् । चाल्र्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उहाँ धेरै सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएकोले ‘कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।