समयमै अवधि थप गर्न दूतावासको अनुरोध

समयमै अवधि थप गर्न दूतावासको अनुरोध


■ सविना कार्की, दक्षिण कोरिया

कोरोना भाइरसको बढ्दो माहामारी पछि नेपाल सरकारले जारी गरेको नयाँ नियमावली तथा संक्रमित रोकथाम गर्न गरेको विशेष निर्णयलाई मध्यनजर गर्दै दक्षिण कोरियास्थित नेपाली दुतावासले कोरियामा रहेका नेपालीहरुलाई पर्याप्त भिसा अवधि नभएमा समयमै अवधि थप गर्न अनुरोध गरेको छ ।

नेपाल सरकारद्वारा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौँ बैठक २०७६ चैत्र ५ को निर्णय अनुसार दक्षिण कोरियालगायतका मुलुकबाट सिधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते शुक्रवार (२० मार्च २०२०) देखि लागु हुने गरी २०७६ चैत्र ३० गते आइतबार (१२ अप्रिल २०२०)सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था भएकाले, उल्लेखित अवधिमा कोरियामा भिसा सकिने व्यक्तिहरु एलियन कार्ड बाहक नेपालीहरुले सक्कल राहदानी तथा एलियन कार्ड लिएर र अन्य छोटो अवधिको भिसा (B-1, B-2, C-1, C-2,C-3, c-4) मा कोरियामा रहेका नेपालीहरुले स्वदेश फिर्ती हवाईटिकट, नेपाल प्रवेशमा प्रतिबन्ध लागेकोले सो अवधिसम्म भिसा समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यलयमा सम्पर्क गरि भिसा थपको लागि आवेदन गर्न सक्ने दुतावासले जनाएको छ ।