एनआरएनएद्वारा आर्थिक सहयोगको घोषणा

एनआरएनएद्वारा आर्थिक सहयोगको घोषणा


टोकियो । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको हालै बसेको ७२औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

यसअघि संघले कोरोना भाइरसपीडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरिएको थियो ।

बैठकले संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटोकलसम्बन्धी आधा दर्जनभन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।

बैठकले संघको विस्तृत आर्थिक लेखापरीक्षण (डिडिए)को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्ध हुन मापदण्डसहितको सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने निर्णय गरेको छ।