जनस्वास्थ्यमाथि खेलबाड गर्नेमाथि कडा सजायको माग

जनस्वास्थ्यमाथि खेलबाड गर्नेमाथि कडा सजायको माग


– मोहनप्रसाद खतिवडा, टोकियो (जापान)

चीनको वुहान हुँदै यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ब्यापक रुपमा फैलिरहेको छ। विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुलाई समेत चपेटामा लिने क्रममा जापान पनि संक्रमणबाट अछुतो रहन सकेन । विभिन्न माध्ययमबाट जापान प्रवेश गरेको कोरोना भाइरसले चाईना बोर्डरसँग जोडिएका क्षेत्रहरुमा तुलनात्मक रुपमा ज्यादा असर गरेको पाइन्छ । जापानका विभिन्न निकाय तथा जापानी सञ्चारमाध्ययमहरुलाई आधार बनाउने हो भने नौ सयभन्दा धेरै व्यक्ति संक्रमित बनेका र थोरै संख्यामा मृत्यु भएको बुझ्न सकिन्छ। स्वास्थ्य–चेतनास्तर अति उच्च रहेका जापानीहरुमा यसको संक्रमण अन्य देशको तुलनामा न्यून रहेको छ।

हिजोआज यहाँका हरेक ब्यक्तिको मुखमा मास्क अनिबार्य रुपमा देख्न पाइन्छ । संक्रमणको त्रासले सत प्रतिशत नागरिकहरु मास्क प्रयोग गर्ने हुँदा यतिबेला माक्सको अभाव जापानमा पनि अत्याधिक देखिएको छ । बिहानैदेखि सुपरमार्केट र विभिन्न खुद्रा पसलहरुमा मास्क खोज्नेहरुको भीड लाग्ने गर्दछ तर अझै पनि मास्कको सहज आपूर्ति भएको छैन।

विगत केहि वर्ष देखि जापानमा जागिरे जीवन बिताइरहेका पोखरा निवासी विवन भट्टराई जापान जस्तो समृद्ध मुलुकमा पनि यसरी लामो समयदेखि मास्क अभाव हुनुलाई ब्यङ्ग्य गर्दै संसारको नवौँ आश्चर्य भन्छन् । जापान प्रवेशदेखि आजसम्म कुनै पनि कुराको अभाव नदेखेका उनी सामान्य लाग्ने यस कुराको अभाव देखिनु उदेकपूर्ण विषय मान्छन्उ । कानूनको अक्षरशः पालना हुने र कालो बजारी नहुने यस देशमा त मास्कको अभाव खड्किरहेको बेला नेपालको अवस्थाबारे कल्पना गरेर दुखित हुन्छन् उनी । नेपालमा भइरहेको माक्सको कालाबजारी गर्नेहरुलाई हदैसम्मको कारवाही गरियोस् भन्ने अपिल पनि नेपाल सरकारसँग गर्छन् उनी । जनताको स्वास्थ्यप्रति खेलबाड गर्नेहरुलाई राज्यले कडा भन्दा कडा कारबाही गरोस्, देश कानूनसम्मत चलोस्सा, नालाई ऐन र ठूलालाई चैनको परिपाटी २१औं शताब्दीमा हुनुहुन्न भन्छन् जापानमै रोजगारी गरिरहेका अर्का नेपाली सुनिल भुसाल पनि ।