काङ्ग्रेसमा ब्यक्तिगत आकाङ्क्षी भ्रष्टहरूको वर्चश्व अन्त्य आवश्यक

■ दामोदर पौडेल

तानाशाही लुकेर मात्र आउँदैन । यो भ्रम दिएर आउँछ, लोकतन्त्रवादीहरूको बुई चढेर आउँछ, कहिले लोकतन्त्रको आवरणमा पनि आउँछ । कहिले त लोकतन्त्रलाई दुरुपयोग गरेर समेत आउँछ । लोकतन्त्रवादीहरूले गरेका गल्ती, पदलोलुपता, जनताबाट गुमाएका साखको कारणले पनि तानाशाही आउँछ ।

कुनै पनि तानाशाहले बन्दुकको भरमा जनतलाई दबाउन सक्दछ । उसले जनतलाई पहिला शीरमा राखेको देखाउछ र जब सत्तामा बलियो हुन्छ तब उसले जनतालाई निरीह बनाउँदै आफ्ना पछि लाग्ने भेँडा बनाउँछ । उत्तर कोरिया यसको उदाहरण हो जहाँ गरिवी छ तर किम उनको विरोधको आभाषसम्म भए पनि विरोध गर्नेले मारिनैपर्छ ।

लोकतन्त्रवादी हुँ भन्ने नेताहरूले समयमा नै जनताको पक्षमा जनताले बुझ्ने गरेर सही निर्णय गर्न सक्नु पर्दछ । दलका नेता र कार्यकर्ताले आफूलाई जनताभन्दा फरक धातुले बनेका मानिसहरू भन्ने भ्रम दिनु हुँदैन । नेताबाट जनताको पक्षमा काम भएन भने दलले राम्रो गर्न सक्दैन र लोकतन्त्र नै धरापमा पर्न सक्दछ । अर्कोतर्फ लोकतन्त्रमा विकृत परिवारवाद पनि समस्या भएको छ । यो पनि लोकतन्त्रको विपक्षको काम हो ।

नेपाल, भारत, बंगलादेश तथा पाकिस्तान जस्ता देशमा केही परिवारले कुनै निश्चित दललाई आफ्नो जिमिन्दारी नै मानेको अवस्था हो । ती परिवारहरूलाई दलका ठुला पदहरू र दल सरकारमा गएमा राज्यका पदहरू पनि आफनो परिवारको वरिवरि घुम्नुपर्ने भन्ने थियो र केही हदसम्म अहिले पनि हुन सक्दछ । त्यस प्रवृत्तिको विरोधमा कहिले दल फोरिएका छन् भने कहिले दलभित्र नै विरोधी समुह बन्न परेको छ । त्यसले गर्दा दल नै धरापमा परेका पनि छन् ।

नेपाल पनि त्यसमा अछुतो छैन । पारिवारिक वर्चस्वको अहंका कारण विशेष गरेर नेपाली काङ्ग्रेसमा पुराना त्यागी नेताहरू बाहिरिएका थिए । कतिपय नेताहरू जतिसुकै त्याग, इमान्दारी र क्षमता भए पनि कोइराला परिवारभन्दा वाहिरकाले नेतृत्वमा पाउने नम्बर कम हुने गरेको हो । पछि कोइराला परिवारभित्र पनि विपी र गिरिजाका सन्तानहरू अब्बल दर्जाका नेता हुनु पर्दछ भन्ने सोच कोइरालाहरू र उनीहरूका नजिककाहरूमा रहेको देखिएको हो । शायद त्यही कारणले शेखर कोइरालाहरू केही भने पनि पछि परेका हुन सक्दछन् । हाल आएर सुजाता र शसांक कोइरलाहरूले त्यस्ता गल्तीहरूलाई आत्मसात गरेका छन् कि भन्ने देखिन्छ ।

रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह, विमलेन्द्र निधि जस्ता धेरै नेताहरूले कुनैबेला कोइराला परिवारको विरुद्धमा जानुको कारण पनि यही थियो । संभवत इतिहासबाट कोइरालाहरूले केही सिके । अर्कोतर्फ उनीहरूको खुवी भनेको उनीहरूले अरुलाई जति नै दोश्रो दर्जाको रुपमा हेरे पनि उनीहरूले कानुन र काङ्ग्रेसको अहितको काम औपचारिक रुपमा गरेनन् । यो उनीहरूको सकारात्मक पक्ष हो । विपी, गिरिजाप्रसाद समेतका छविले गर्दा र त्यस भन्दा पहिला कृष्णप्रसाद कोइरालाको त्यागले गर्दा कोइरला परिवारप्रति नेपालमा कतिपयको आस्था भएकोमा कुनै विवाद समेत छैन । यो सम्पत्तिलाई कोइरालाहरूले सदुपयोग गर्नुपर्नेमा दुरुपयोग गरेका पनि हुन् । तर त्यसको परिणाम गतल नै आउने थाहा भएपछि त्यसलाई केही सच्याउन थालिएको हो ।

सत्ता टिकाउन सांसद खरिद बिक्री गर्ने कार्य, सांसद लुकाउने तथा विदेश पठाउने कार्य, सांसद् समेतलाई विदेशबाट महँगा गाडी कर नतिरी ल्याउन दिएर समेत अर्बौं कर अपचलन नै गरेको जस्तो कार्यले भ्रष्टाचारलाई बढावा त दियो नै, पदको लागि जे पनि गर्नुहुन्छ वा गरिन्छ भन्ने संकृतिलाई पनि संस्थागत गऱ्यो । त्यो भन्दा बढि काङ्ग्रेस भ्रष्टहरूको पार्टी भन्ने सन्देश दिएर दलको नै तेजोबध भयो । पछि त अपवादबाहेक पैसा नवुझाउनेले टिकट समेत नपाउने अवस्था आयो ।

त्यही परिप्रेक्ष्य कोइराला परिवारको कारणले अर्कोतर्फ आवद्ध हुन पुगेकाहरूका आफ्ना बाध्यता हुनु स्वभाविक हुन् । तर जब अर्कोतर्फ लाग्दा दल र लोकतन्त्रलाई नै खतरा हुन सक्दछ भन्ने विवेक प्रयोग गर्न पर्ने अवस्था आउछ त्यतिवेला ध्यान दिन सक्नु पर्दछ । उचित समयमा काङ्ग्रेसको पक्षमा उचित निर्णय गर्ने मानसिकता रामचन्द्र पौडेल तथा प्रकाशमान सिंह जस्ता केही नेताहरूले लिन सके । उनीहरू जस्ता नेतालाई उचित रुपमा सम्मान गर्न सक्नु पर्दछ । गुट भन्दा लोकतन्त्रको रक्षा प्रधान हो भन्नेमा मंगलादेवी सिह, सुशीला कोइराला, नोना कोइराला आदि पनि पर्दछन् ।

तर काङ्ग्रेसमा फरक विचार सोचको कारणले तथा दलभित्रको अन्यायको विरुद्धमा नै संधै अलग गुट आएका भने होइनन् । माओवादी आन्दोलनमा देश तहसनहस भएको थियो । माओवादीलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु पनि थियो । राजा माओवादीको डर देखाएर काङ्ग्रेस एमालेलाई अफ्नो अधीनमा ल्याउने वा माओवादीसँग मिलेर काङ्ग्रेस एमालेलाई परस्त पार्ने दाउमा थिए । त्यही दाउमा राजालाई साथ दिएर प्रधानमन्त्री बन्न मात्र शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस फुटाए, उनले राजाको आशीर्वादमा प्रधानमन्त्री बन्ने कार्य गरे, लोकतन्त्र नै दरबारमा बुझाए । राजाले पुनः प्रधानमन्त्री बनाउँदा राजाबाट न्याय पाए भने । यी सबै कार्य लोकतन्त्रको विरुद्धमा थिए ।

कोइरालाहरूबाट वाक्कदिक्क भएकाहरूले देउवालाई केही समय साथ दिनु अस्वभाविक थिएन तर जब यस कार्यले दल र लोकतन्त्रलाई नै असर गर्दछ भन्ने देखियो त्यतिबेला उनीहरू रामचन्द्र पौडेल तथा प्रकाशमान सिंह जस्तो गरेर दल र लोकतन्त्रको रक्षामा आउन सक्नु पर्ने थियो । अझै पनि समय छ । सम्भवता कृष्ण सिटौला जस्ता इमान्दार देखिने नेताहरूले पनि यो अवस्था राम्रोसँग बुझेका छन् तर केही दाउ बँकी राखेका हुन सक्दछन् ।

देउवाले त्यति मात्र गरेनन् आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेको मात्र कारणले प्रचण्डलाई राजनेता भने र काङ्ग्रेसले हार्ने ठाउमा माओवादीसँग मिलेर काङ्ग्रेस उम्मेदवार दिए, काङ्ग्रेसको जित्ने पक्का भएको ठाउँमा माओवादीलाई सहयोग गरेर माओवादी उम्मेदवारलाई चुनाव जिताउन सहयोग गरे । देउवाको यो कार्यले लोकतन्त्रप्रतिको आस्थाको कारणले काङ्ग्रेस हुनेहरूको स्रद्धाको पात्र लेउवन रहेनन् । उनको लागि आफूले पाउने पद नै सर्वेसर्वा भएको दखियो । यो काङ्ग्रेसप्रतिको जनताको आस्थाको महल तास जस्तै भएर ढलेको जस्तो अवस्था नै हो । तर देशमा दुईवटा बलिया दलहरूको आवश्यकता र लोकतन्त्रको रक्षाको लागि दलमा आवद्धता वाध्यता रह्यो ।

देउवाका सत्ता टिकाउन सांसद खरिद बिक्री गर्ने कार्य, सांसद लुकाउने तथा विदेश पठाउने कार्य, सांसद् समेतलाई विदेशबाट महँगा गाडी कर नतिरी ल्याउन दिएर समेत अर्बौं कर अपचलन नै गरेको जस्तो कार्यले भ्रष्टाचारलाई बढावा त दियो नै, पदको लागि जे पनि गर्नुहुन्छ वा गरिन्छ भन्ने संकृतिलाई पनि संस्थागत गऱ्यो । त्यो भन्दा बढि काङ्ग्रेस भ्रष्टहरूको पार्टी भन्ने सन्देश दिएर दलको नै तेजोबध भयो । पछि त अपवादबाहेक पैसा नवुझाउनेले टिकट समेत नपाउने अवस्था आयो । यो दोषको केन्द्रको भन्ने पनि जनताले बुझेका छन् ।

लोकतन्त्रमा नेताले धेरै समयसम्म धेरै जनप्रिय नभएमा पदमा वस्ने गरेको पाइदैन । चुनावमा दलले हारेमा त्यसको नेतृत्व गर्ने नेताले पद छोड्ने आम चलन हो र नैतिकता पनि हो । तर देउवाले चार पटक प्रधानमन्त्री बन्दा पनि सात पटक प्रधानमन्त्री बन्ने आशा गरेको भन्ने सुनियो । काङ्ग्रेसले चुनाव हार्दा समेत उनले संसदमा काङ्ग्रेस संसदीय दलको नेता छोडेनन् । त्यतिमात्र होइन, उनले विभिन्न अवस्थामा भ्रष्टाचार गरे भन्ने समेत आरोप लाग्ने गरेको छ ।

काङ्ग्रेसलाई दरबारमा बुझाउने, लोकतन्त्रलाई दरबारमा मात्र बुझाउने होइन पदको लागि नै दल नै फुटाउने समेतका कार्य गर्नेलाई समर्थन गर्नेहरूलाई जनताले पनि राम्रो मान्ने छैनन् । दलमा ती प्रवत्ति हावी भएमा काङ्ग्रेसमा इमान्दार हैन पैसावाल, पैसामा किनवेच हुने, पदमा रहनेहरूको पछि लाग्ने जस्ताहरूको दल भन्ने प्रमणित हुने छ ।

एउटा लोकतन्त्रवादी नेताले आंफु वढिमा दुई पटक प्रधानमन्त्री वने पछि सर्वसम्मत जस्तो भएमा वाहेक अको पटक अर्को नेतालाई स्थान दिने चलन हुन्छ । दलमा नेतृत्व विकासको लागि पनि त्यो आवश्यक हो । नेकपामा चार जनालाई प्रधानमन्त्री बनाएर दलभित्र नेतृत्व विकास भएकोले पनि दलको साखलाई वढाउन सहयोग भएको हो । देउवामा त्यो इच्छा देखिएन । कोइरालाहरू वरु केही सुध्रे पनि उनमा कोइरालाहरूको पहिलाको स्वभाव जस्तै संधै आफू नै पदमा रहनु पर्ने मानसिकता कायम रह्यो ।

पदको लोभले लोकतन्त्रमाथि नै प्राहर गर्न पछि नपर्ने, पदलाई छोड्न नसक्ने, भ्रष्टाचारमा रमाउने, दलभित्र नेतृत्व विकास भन्दा संधै आफु नै पदमा रहन चाहने देउवाका कारण पनि काङ्ग्रेसले आफ्ना एजेण्डा स्थापित गर्न भुमिका खेले पनि एजेण्डा लागु गर्न अरुको भर पर्नु परेको दखिन्छ । जनतामा काङ्ग्रेसको साख गिरेको देखिन्छ ।

अवका दिनमा काङ्ग्रेस समेतले पक्ष विपक्ष वा गुट उपगुटभन्दा मथि उठेर पदलाई लामो समय सम्म न ओगट्ने, कमसेकम सर्वसम्मत वा अत्यधिक रुपमा सम्बन्धित समितिले चाहेमा बाहेक दलको प्रमुख समेतका पदमा नरहने, दलको सभापतिमा ७५ बर्ष वरपरकाले उम्मेदवारी नै नदिने अवस्थाको सुरुवात आवश्यक छ । काङ्ग्रेसलाई दरबारमा बुझाउने, लोकतन्त्रलाई दरबारमा मात्र बुझाउने होइन पदको लागि नै दल नै फुटाउने समेतका कार्य गर्नेलाई समर्थन गर्नेहरूलाई जनताले पनि राम्रो मान्ने छैनन् । दलमा ती प्रवत्ति हावी भएमा काङ्ग्रेसमा इमान्दार हैन पैसावाल, पैसामा किनवेच हुने, पदमा रहनेहरूको पछि लाग्ने जस्ताहरूको दल भन्ने प्रमणित हुने छ । काङ्ग्रेस पार्टीभित्रको चुनावमा कसले जित्छ भन्ने सवाल काग्रेसहरूको लागि महत्वपुर्ण नहोस् । काङ्ग्रेस कस्तो हुँदा जनतामा राम्रो प्रभाव भएर जनतामा जान समेत राम्रो हुन्छ र काङ्ग्रेसको नेता कस्तो हुँदा काग्रेसहरूले आफ्नो नेताको विरुद्धमा जनताले बोलेको कुराको प्रष्टिकरण दिँदै हिँड्नु पर्दैन भन्नेमा युवाहरूले ध्यान दिनु पर्दछ ।

अहिले काङ्ग्रेस जनहरूले हेरिरहेका छन् कि गगन थापा, विश्वप्रकाश, मिन विश्वकर्मा, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल, रमेश लेखक, एनवि सावद, रामकृष्ण यादव, महेन्द्र यादव आदि जस्ता युवा नेताहरूले सर्मथन गरेका नेताहरू जनताबाट गलत भनिएका नहुन् भन्नेमा ध्यान दिनैपर्दछ । उनीहरूले आफ्नो ब्यक्तित्व पछिको लागि पनि गलतको लागि प्रयोग भएको भन्ने अर्थमा कायम नरहोस् भन्नेमा ध्यान दिन आवस्यक छ । यसको लागि महाधिवेशन अवसर र चुनौती दुवै हो । गुटको राजनीतिबाट अलग भएर काङ्ग्रेसको राजनीति युवा नेताहरू लागेमा र यसमा अरु इमान्दार नेताहरू समेतले साथ दिएमा परिणाम सकारात्मक आउने छ । काङ्ग्रेसको छवि राम्रो हुने छ । कसैको समर्थन गर्न भन्दा पहिला मैले उसको समर्थन गर्दा जनताले भन्न नसके पनि वा आफ्ना केही कार्यले आफ्नो समर्थन गरे पनि वास्तवमा मेरा कामहरू र पक्षधरताहरूलाई राम्रो मानेका होलान् ? इतिहासले मलाई राम्रो मान्ला ? भन्नेमा ध्यान दिन आवश्यक छ । के काङ्ग्रेसी युवा नेताहरू माथिका परिवेशसँग बेखवर छन् ?



गिरिजाप्रसाद कोइराला र केपी ओलीहरूले दलको एकीकरण गरेर जुन सकारात्मक पक्षको आशा गरेका थिए । त्यो नभएर दल मात्र हैन जनतामा समेत गलत भएछ भन्ने अवस्था नआओस् । तर उनीहरूले त्यो काम नामका लागि गरेको भए पनि गलतको लागि नै गरेका थिएन् भन्ने तत् तत् दलकाहरूले सम्झेर सकारात्मक दिशा जान सके देशमा असल भुमिका भएका दुइ दलहरू देखिने छन् । यो देशको लागि आवश्यक पनि हो ।

प्रतिक्रिया