रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जोको कोरोना भाइरसबाट निधन

रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जोको कोरोना भाइरसबाट निधन


स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । लोरेन्जो ७६ वर्षका थिए ।

गत बिहीबार अस्पताल भर्ना भएका लोरेन्जोको प्रशिक्षणपछि कोरोना भाइरसको संक्रमण देखिएको थियो । लोरेन्जोका हिजो राति शनिबार निधन भएको हो ।

उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुईपटक युरोपियन कप जितेको थियो ।