निगमका नयाँ दिल्ली, मुम्बई र बैंगलोर उडान स्थगित

निगमका नयाँ दिल्ली, मुम्बई र बैंगलोर उडान स्थगित


नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरू चैत्र ९ (मार्च २२, २०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरू हाल चैत्र १६ (मार्च २९, २०२०) सम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने प्रतिबद्धता निगमको रहेको छ ।