कोरोनाका कारण युरो कप फुटबल स्थगित

कोरोनाका कारण युरो कप फुटबल स्थगित


युरोपियन फुटबल महासंघ (युइएफए)को आपतकालिन बैठकले आसन्न युरो कप २०२० फुटबल प्रतियोगिता स्थगित गर्दै अर्को वर्ष (सन २०२१) गर्ने निर्णय गरेको छ ।
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाईरसको प्रभावलाई मध्यनजर राख्दै महासंघले युरो कप स्थगित गर्दै अर्को वर्ष गर्ने निर्णय गरेको हो । त्यस्तै कोरोनाको प्रभावकै कारण युरोपियन च्याम्पियनसिप लिग पनि स्थगित भएको छ ।

आसन्न युरो कपको १६औँ संस्करणको लागि यतिबेला छनोट प्रतियोगिताको आयोजना भैरहे पनि युरोपमा कोरोनको प्रभाव बढ्दै गएपछि ति खेलहरुलाई पनि स्थगित गरिएको छ ।

त्यस्तै दक्षिण अमेरिकाको चर्चित फुटबल प्रतियोगिता ‘कोपा कप’ पनि स्थगित भएको छ । अव उक्त प्रतियोगिताको आयोजना अर्को वर्ष हुनेछ ।