ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने

ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने


कोरोना भाइरसका कारण विश्वका प्रमुख खेलकुद प्रतियोगिता स्थगित भैरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने जनाएको छ । आइसीसीले सो कुराको जानकारी चैत्र ४ गते मंगलवार गराएको हो ।

आइसीसीले ट्वान्टी–२० विश्वकप निर्धारित समयमै हुने बताउँदै उक्त स्थानहरुमा कोरोनाको प्रभावको वारेमा स्थानिय आयोजक कमिटीले विशेष निगरानी गरिरहेको बताएको छ ।

आगामी अक्टोवार १८ देखि नोभेम्बर १५ तारिकसम्म सञ्चालन हुने विश्वकप क्रिकेट अष्ट्रेलियाका विभिन्न सातवटा रङ्गशालामा आयोजना हुने कार्यक्रम रहेको छ ।