पोर्चुगलमा एक नेपाली कोरोनासङ्क्रमित पाइएपछि ७४ जना क्वारेन्टाइनमा

पोर्चुगलमा एक नेपाली कोरोनासङ्क्रमित पाइएपछि ७४ जना क्वारेन्टाइनमा


पोर्चुगलमा एक नेपाली कृषि मजदुरमा कोरोनाको संक्रमण भेटिएको छ । पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड १९) को संक्रमण भेटिएको हो ।

संक्रमित नेपालीसंगै बस्ने, संगै काम गर्ने र सम्पर्कमा भएका अन्य ७४ जना नेपालीलाई पनि पोर्चुगल सरकारले क्वारेन्टाइनमा राखेको छ । उनिहरु एउटै कम्पनीमार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । चिकित्सकहरुका अनुसार उनिहरुको स्वास्थ्यजाँच सुरु भएको छ ।

आइतबार (२ चैत) कृषिमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई अस्पताल लैजान सहयोग गरेका नेपालीको पनि परिक्षण गर्नुपर्ने चिकित्सकहरुले बताउँदा ति नेपाली भने अस्पतालबाट भागेपछि स्थानीय सरकारले रातभर भागेका नेपाली र संक्रमित भएका नेपालीको खोजी गरेको थियो ।