प्रदेश २ को राजधानी नामकरणका लागि ४ चैतमा मतदान हुने

प्रदेश २ को राजधानी नामकरणका लागि ४ चैतमा मतदान हुने


प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि यही चैत ४ गते मतदान हुने भएको छ ।

तीन महिनापछि शुक्रबार (३० फागुन) बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेका थिए । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उनकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गरेका थिए ।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ ।