सुन्नमा कर्णप्रिय र स्वभावमा अत्यन्त छुचो : मधुमेह

सुन्नमा कर्णप्रिय र स्वभावमा अत्यन्त छुचो : मधुमेह


■ दुर्गा दाहाल ‘अनुभव’

‘स्वास्थ्य’ भन्नाले हामी साधारणतया शारीरिक स्वास्थ्य भन्ने कुरा मात्र बुझ्दा रहेछौँ। तर प्रकृतार्थमा यो शब्दले शारीरिक स्वास्थ्यको अतिरिक्त एऊटा व्यक्तिको मानसिक, आध्यात्मिक र सामाजिक स्वास्थ्यलाई समेत समेट्तोरहेछ ।
शारीरिक : शरीरसँग सम्बन्धित अवस्था र स्थिति
मानसिक : मन र मस्तिष्कसँग सम्बन्धित मनोगत आकार र विकारहरू
आध्यात्मिक : आत्मा र परमात्मासँग जड़ित चिन्तन, मनन र दर्शन
सामाजिक : समाज र समुदायसँग अनुबन्धित स्वभाव, आचरण र व्यवहारहरू

उपर्युक्त चारवटै पाटा र पहलूसँग कुनै व्यक्ति सन्तुलित र सुसंगठित भएको अवस्थामा मात्रै ऊ स्वस्थ छ भनेर प्रमाणित गर्न सकिन्छ ।

सुन्नमा कर्णप्रिय (मधुमेह) र स्वभावमा अत्यन्त छुचो र असती रोग हो यो । यस आलेखमा सम्प्रति, विश्व जनसमुदायमा सर्वाधिक अलोकप्रिय शारीरिक रोगहरू मध्ये एऊटा प्रमुख र तीव्र गतिमा वृद्धि हुँदै गएको ‘डायबिटीज़’ (diabetes) अर्थात ‘मधुमेह’को बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

डायबिटीज़ (मधुमेह) : यो रोग ‘इन्सुलिन’को कमी अथवा सोको अभावमा लाग्ने रोग हो । इन्सुलिन भन्नाले एऊटा स्वस्थ शरीरले उत्पादन गर्ने प्राकृतिक हार्मोन तत्वलाई बुझिन्छ जस्ले, खाद्यपदार्थमार्फ़त हाम्रो शरीरमा जम्मा भएको चिनी (मेडिकल शब्दमा ‘ग्लुकोज’) र हाम्रो ऊर्जालाई रक्तनलिकाहरूको माध्यमबाट विभिन्न कोशिका हरूमा पुऱ्याऊने काम गर्छ ।

Pancreas (क्लोम) : यसको काम इन्सुलिन उत्पादन गर्ने हो । जब शरीरमा प्याङक्रियाजले इन्सुलिन (अन्तःश्राव) उत्पादन गर्न छाड्छ अथवा कम निःसृत गर्छ, चिनीरोगले भेटेछ भन्ने बुझे हुन्छ ।

इन्सुलिनको कमी भएपछि शरीरमा चिनीको मात्रा थुप्रिँदै/बढ्दै जान्छ र इन्सुलिनमार्फ़त क्रमशः कोशिकामा पुग्नुको सट्टा सर्वप्रथम मूत्रमा र त्यसपछि रगतमा प्रवेश गरि मधुमेहीलाई अन्यान्य रोगहरुको समेत निम्तो दिई बिरामीका आँखा, दाँत, हात-खुट्टा, पैताला, यौनेन्द्रिय, मुटु, मस्तिष्क र शरीरका विभिन्न अंग-प्रत्यंग हरूलाई शिथिल र कमज़ोर बनाऊँदै अन्ततोगत्वा इहलोकबाट परमधामतर्फको बाटो प्रशस्त बनाइदिन्छ तर यो रोगले तुरून्तै लेजाने कामचाँहि गरि हाल्दैन । क्रमशः मृत्यु-काललाई भने नजिक ल्याऊने कार्य इमान्दारीपूर्वक बहन गर्छ ।

Diabetes is a chronic( lifelong) condition which can result in serious health problems including blindness, lower-limb amputation,heart disease, stroke, sexual dysfunctions ,nerve pains(neuropathy), stroke plus many more if not treated or controlled timely and regularly.

मेडिकल शव्द ‘ग्लुकोज’ भन्नाले चिनी बुझ्नुपर्छ । त्यसलाई इन्सुलिन नामक तत्वले जमेको ठाऊँबाट शरीरका विभिन्न कोशिकाहरूमा (cells) शक्तिका रूपमा लैजाने काम गर्छ। तर जब प्याँगकृयाजले इन्सुलिन बनाऊन सक्तैन, तब चिनीको मात्रा बढ्छ र डायबिटीज़ले भेट्टायो अथवा ग्रामीण भाषामा ‘चिनीरोग’ लागेछ भनिन्छ ।

• Glucose is the amount of sugar carried in our blood stream. The Harmon called ‘Insulin’ is responsible for removing it from the blood and transporting it into the various cells (कोशिकाहरु) to supply energy to our body. However, while the body properly doesn’t/ can’t produce or use insulin , the amount of sugar in our blood stream is increased/ elevated which can potential the risks of developing diabetes , heart disease and other various chronic diseases and health ailments.

यस रोगका कारक तत्वहरू :

■ पारिवारिक पृष्ठभूमि/वंशानुगत
■ शारीरिक परिश्रम/सकृयताको कमी
■ अत्यधिक मोटापा/खानु र असन्तुलित भोजन
■ शारीरिक निष्कृयता र आलस्य जीवनशैली
■ अनावश्यक चिन्ता र तनाव
■ कतिपय औषधिहरूको नकारात्मक असर आदि/इत्यादि ।

Some facts:

Our body digests the foods we eat to use as fuel. The fuel supplies energy to our body’s cells. While we have diabetes, the fuel has a hard time entering into the most cells and as a result the cells starts dying or being inactive.

* Insulin binds to a cell that needs energy
* Insulin opens the cell to glucose
* Glucose enters the cell and is used for fuel
* Glucose can’t enter into the cell without insulin
यो रोग दुई किसिमको हुन्छ :
Type 1 & type 2
Type 1:

यो साधारणतया जीवनको पूर्वार्धमा अर्थात् कम ऊमेरमै लाग्छ जब शरीरमा इन्सुलिनको मात्रा शुन्य हुन्छ र उत्पादन नै हुन छाड्छ । यस्ता रोगीले आजीवन हरेक दिन इन्सुलिनको सुई लगाऊनु पर्छ ।

Type 2:

यो किसिमले साधारणतया उत्तरार्धमा, उमेर ढल्कँदै गए पछि भेट्छ । यसमा इन्सुलिन त बन्छ तर एकदमै कम र अपर्याप्त मात्रामा बन्छ, फलस्वरूप बिरामीले oral medications वा इन्सुलिन अथवा दुवै लिनु पर्ने हुन्छ । साधारणतया चालीस वर्ष नाघेपछि यसका लक्षणहरू देखिएता पनि कसै–कसैलाई युवावस्थामै पनि लाग्न सक्छ ।

रोगका प्रारम्भिक लक्षणहरू :

■ मुख अत्यधिक र अस्वाभाविक मात्रामा सुख्नु
■ निरन्तर पिशाब लागि रहनु
■ अकारण थकान महसुस हुनु
■ अत्यधिक मात्रामा बारम्बार भोक र प्यास लाग्नु
■ अकारण वज़न घटदै जानु
■ कमज़ोर/शक्तिहीन महसुस हुनु
■ थकाई लाग्नु
■ शरीरको छाला सुख्खा हुँदै जानु
■ घाऊ लामो समयसम्म निको नहुनु
■ निराश हुनुर काममा रूचि नहुनु
■ जीऊमा स्फूर्ति नहुनु
■ यौन कृयामा रूचि र आकर्षण घटदै जानु
■ जीवन निरस र भारयुक्त लाग्नु इत्यादि ।