नेप्सेको उचार-चढाव कायमै, आज ४६ अंकको गिरावट

नेप्सेको उचार-चढाव कायमै, आज ४६ अंकको गिरावट


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । मंगलबार झन्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झन्डै ४६ अंकले घटेको छ ।

नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कुल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर रु. दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहकै सेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटेल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत ३२.९१, वित्त १५.३७, निर्जीवन बिमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ ।

कारोबारका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एसिया बैंक रु. ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु. नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम सिमेन्ट रु. सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु. सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु. पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नवील बैंक रु. पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी २.४८, एबीएल डिबेन्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल ब्यालेन्स फन्ड १.९६ र महिला सहयात्रा माइक्रो फाइनान्सका सेयरधनीले १.७० प्रतिशतले कमाएका छन् ।

त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत कम्पनी ९.५२, हिमाल दोलखा हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आईएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका सेयरधनीले ७.१४ प्रतिशतले गुमाए ।