थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर बनिन् मरिष्का

थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर बनिन् मरिष्का


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली सिनेमाकी अभिनेत्री एवम् मोडल मरिष्का पोखरेल सिड्नीस्थित थेरापी प्वाइन्ट की ब्राण्ड ऐम्बेष्टर नियुक्त भएकी छिन् ।

विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन गत साता अष्ट्रेलिया आएकी मरिष्कालाई थेरापी प्वाइन्ट, ऐजुकेसन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्राण्ड ऐम्बेष्टर नियुक्त गरेका हुन् ।

सिड्नीको लिडकममा रहेको वाइट पार्कमा भब्यताका साथ मनाइएको सिड्नी होली मेलाको कार्यक्रमबीच मरिष्कालाई ब्राण्ड ऐम्बेष्टर घोषणा गरिएको थियो ।

होली मेलामा करिव दुई हजार भन्दा बढी नेपालीहरू सहभागी रहेका कार्यक्रमबीच मरिष्का थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर घोषणा भएकी हुन् । थेरापी प्वाइन्टका सञ्चालक सुनिल उप्रेती यस विधामा सक्रिय अष्ट्रेलियाकै पहिलो नेपालीमा पर्दछन् ।

‘मरिष्काजीले थेरापीसम्बन्धी अध्ययन तथा ज्ञान पनि भएकोले उपयुक्त ब्यक्ति ठानेर उहाँलाई हामीले आग्रह गरेका थियौँ, उहाँले पनि सहर्ष स्वीकार गर्नुभयो’ – उप्रेतीले जानकारी दिए ।

मरिष्का पछिल्लो समय सालको पात बोलको गीतको म्यूजिक भिडियोबाट चर्चामा आएकी अभिनेत्री हुन् । उनी के म तिम्रो होइन र ? मिष्टर भर्जिन लगायतका चलचित्रकी नायिका पनि हुन् ।

‘आफूले पढेको र थोरबहुत ज्ञान भएको विषयमा आवद्ध हुन पाउनुलाई म अवसरकै रूपमा लिन्छु । मलाई ब्राण्ड ऐम्बेष्टरको रूपमा विश्वास गर्नुभयो । म उहाँहरुको विश्वासलाई सगौरव निभाउने छु’– सिड्नीमा भेटिएकी मरिष्काले भनिन् ।

अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बल टाउनमा छ भने चाँडै सिड्नीकै सेभेन हिल्सबाट पनि सञ्चालनमा आउने बताइएको छ ।

‘हामीबाट अहिले साइकोलोजी थेरापी, अकुपेसनल थेरापी र स्पीच थेरापीको सुविधा प्राप्त गर्न सक्नुहुन्छ भने हामी चाँडै योबाहेक फिजियोथेरापी पनि शुरू गर्दै छौँ’– सुनिलले जानकारी दिए ।