नेप्सेमा साढे पाँच अंकको गिरावट

नेप्सेमा साढे पाँच अंकको गिरावट


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको सेयर कारोवार मापक नेप्से आज पनि ५.५० बिन्दुले घटेर एक हजार ४ सय ३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।

नेप्से ओरोलो लागे पनि कारोबार रकम भने झन्डै अढाइ अर्बको हाराहारीमा रहेको छ । कुल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता सेयर रु. दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बिमा ७७.८५ ले वृद्धि भएको छ । यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटेल २५.९८, जलविद्युत ९.३१, निर्जीवन बिमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।

कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु. ३७ करोड ८७ लाख १९ हजार ८६६ मूल्यबराबरको सेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनएमबी बैंक रु. १२ करोड ६५ लाख ९२ हजार २२, एनआईसी एशिया बैंक रु. नौ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स रु. आठ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक रु. ६ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको रु. ६ करोड ४४ लाख ८० हजारबराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोबारका आधारमा आज मञ्जुश्री फाइनान्स १०, राधी विद्युत कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.०१ प्रतिशतले कमाए । यसैगरी राससका आनुसार नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटेलका सेयरधनीले ४.६० प्रतिशतले गुमाए ।