कोरोना भाइरसबाट बच्न कांग्रेसका नेता–कार्यकर्तालाई देउवाको सुझाव

कोरोना भाइरसबाट बच्न कांग्रेसका नेता–कार्यकर्तालाई देउवाको सुझाव


बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् । सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको भन्दै उनले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा बुधबार (२१ फागुन) काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेकोले यसको विरुद्धमा कांग्रेस एकजुट हुन जरुरी रहेको बताए । संसद्मा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको दाबी पनि उनले गरे ।

पार्टीभित्रको झगडाले कांग्रेसलाई कमजोर बनाउँदै लगेको बताउन देउवा चुकेनन् । पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने तर्क उनले गरे । चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई देउवाले आग्रह गरे ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको औंल्याउँदै सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेकोले यसलाई रोक्न कांग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए ।

pict: rss