तोलामा २२ सयले बढेपछि सुनको मूल्यमा कीर्तिमानी रेकर्ड

तोलामा २२ सयले बढेपछि सुनको मूल्यमा कीर्तिमानी रेकर्ड


बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामै २२ रुपैयाँले बढेपछि सुनको मूल्य आजसम्मकै सबैभन्दा बढी भएको हो ।

२२ सययले बढेपछि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ पुगेको छ । विश्व अर्थत्रन्त्रमा कोरोनाको असर पर्न थालेपछि सुनको भाउ उकालो लागेको सुनचाँदी व्यवसायी बताउँछन् ।

मंगलबार नेपाली बजारमा सुनको भाउ छापावालको प्रतितोला ७८ हजार तीन सय र तेजावीको ७८ हजार थियो । सुनको मूल्यले कीर्तिमानी रेकर्ड राखे पनि बजारमा ग्राहक चहलपहल भने सामान्य मात्र रहेको बताइएको छ ।