नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डालाई

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डालाई


गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाललगायतको उपस्थिति थियो ।

प्रतियोगितामा खेलाडीहरुबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयका खेलाडीहरु सहभागी थिए ।