कञ्चनपुरमा भण्डारी दम्पत्तिको रहश्यमयी हत्या

कञ्चनपुरमा भण्डारी दम्पत्तिको रहश्यमयी हत्या


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । बिहीबार (१५ फागुन) दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलग–अलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको प्रहरीको भनाई छ ।

जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको ६ महिनाकी छोरी रहेकी छन् ।