‘नेवाः अन्तर्राष्ट्रिय फोरम जापान’को नयाँ कार्यसमिति

‘नेवाः अन्तर्राष्ट्रिय फोरम जापान’को नयाँ कार्यसमिति


जापानमा नेवारहरूको क्रियाशील संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले बालकृष्ण डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । गत फेब्रुअरी २३ मा सम्पन्न नऔं अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष रवि श्रेष्ठ, महासचिव शिव तण्डुकार, सचिव भुदेव श्रेष्ठ र कोषाध्यक्षमा डा. रवि महर्जनलाई चयन गरेको छ । त्यसैगरी जीवन शाक्य, निर्मल मानन्धर, उत्तम प्रधान, दीपेन्द्र महर्जन, विशाल श्रेष्ठ, सुमन महर्जन, निरञ्जन श्रेष्ठ, मनकाजी महर्जन, रेणुका शाक्य, मिलि श्रेष्ठ, सागर कपाली, रमेश महर्जन, सागर माली, रोशना श्रेष्ठ, शैलेन्द्र गोपालीलाई सदस्यमा चयन गरेको छ भने दीपरत्न शाक्य र गंगा डंगोललाई लेखापरीक्षकमा चयन गरेको छ ।

अधिवेशनले सल्लाहकारमा माधवनारायण मानन्धर, विगेन्द्रमान सिंह प्रधान, रूपेश डंगोल, भुपी गोविन्द श्रेष्ठ, ज्ञानु खातोउ मानन्धर, डा. रामध्वज श्रेष्ठ, दिनेश स्थापित, रविन शाक्यलाई चयन गरेको छ ।

जापानमा बसोवास गर्ने नेवार समुदायका व्यक्तिहरुलाई संगठित गर्ने र आफ्नो कला, संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

अधिवेशनमा अध्यक्ष दीपरत्न शाक्यले प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रवि श्रेष्ठले आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण डंगोलले संस्थाबाट नेपालमा दिंदै आएको छात्रवृत्तिका बारे जानकारी दिनुभएको थियो भने संस्थापक अध्यक्ष माधवनारायण मानन्धरले कसरी यस संस्थाको स्थापना गर्ने सोच आयो र तत्कालिन स्थितिमा कसरी यस संस्थालाई संचालन गरियो भन्नेबारे प्रस्ट पार्नुभयो ।