नेप्सेमा ३६ अंकको वृद्धि, साढे चार अर्बको कीर्तिमानी कारोबार

नेप्सेमा ३६ अंकको वृद्धि, साढे चार अर्बको कीर्तिमानी कारोबार


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अंकले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अंकले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोबार रकम झन्डै साढे चार अर्ब पुुगेको छ । आज कुल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता सेयर रु. चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद–बिक्री भयो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोबार भएका कुल १२ मध्ये तीन उपसमूहको सेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अंकले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको सेयर १६.४५ अंकले बढेको छ । व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत २१.५, वित्त ८.५२, निर्जीवन बिमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बिमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अंकले घट्यो ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु. २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद–बिक्री भयो । यस्तै एनआइसी एशिया बैंकको रु. २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको रु. १५ करोड ७० लाख ६१ हजार २३८, नबिल बैंकको रु. १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु. १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको सेयर रु. ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी एभरेष्ट बैंकका सेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसबीआई बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नबिल बैंकको ९.७७, वमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्ट्याण्डर्ड चार्टड बैंकको ८.७० र एनआईसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।

परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेसन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका सेयरधनीले ४.८१ प्रतिशतले गुमाए ।
rss