फ्रान्स पठाइदिने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

फ्रान्स पठाइदिने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ


आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपन्देहीको दूधराक्ष घर भई काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष रहेकी छिन् ।

उनी तीनजना युवाबाट ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले फ्रान्समा फुड प्याकिङ गर्ने काम लगाइदिन्छु भन्दै तीनजनाबाट ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन् । तर, पैसा लिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पीडित युवाले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।