कुलबहादुर र सरस्वतीलाई मनोरन्जन शर्मा अवार्ड

कुलबहादुर र सरस्वतीलाई मनोरन्जन शर्मा अवार्ड


नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले आफ्नै नाममा स्थापना गरेको मनोरन्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीलाई प्रदान गरिएको छ । अवार्डसंगै दुवैले जनही ३५ हजार नगद प्राप्त गरे ।

अवार्ड वितरणको अवसरमा बंगलदेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता खेलाडी टोली, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले व्यक्तिगत रुपमा प्रोत्साहनस्वरुप जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

नेपाल स्याटलाइट टेलिकम प्रा.लि.की अध्यक्ष अस्मिता सुमार्गी, अध्यक्ष शर्मा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।