सिप्यान वर्ष खेलाडी अवार्ड चैतमा

सिप्यान वर्ष खेलाडी अवार्ड चैतमा


क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते प्रदान गर्ने भएको छ । सिप्यानका महासचिव पारस खड्काले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको जानकारी दिए ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै १ लाख ३२ हजार रुपैयाँ पाउने छन् ।

बाँकी तीन विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए ।