बुढासुब्बा टुवोर्ग गोल्डकपमा नेपाल पुलिस क्लब विजयी

बुढासुब्बा टुवोर्ग गोल्डकपमा नेपाल पुलिस क्लब विजयी


■ मनिता चाम्लिङ, धरान

धरानमा जारी २२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकपको आइतबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले मेची नेत्रालय ट्रेनिङ सेन्टर झापालाई एकको विरुद्ध तीन गोल गरी विजयी भएको हो ।

धरान रंगशालामा भएको खेलमा मेची नेत्रालय ट्रेनिङ सेन्टर झापाले पहिलो गोलको खाता खोलेको थियो । खेलको पहिलो हाफको ११औँ मिनेटमा झापाका संञ्जय धिमालले गोल गरी आफ्नो टिमलाई एक गोलको अग्रता दिलाएका थिए ।

एक गोल खाएपछि आक्रामक बनेको पुलिसले खेलको पहिलो हाफको ३९औं मिनेटमा बराबरी गरेको थियो । जसमा पुलिसका सुमन सुवेदीले गोलगरी टिमलाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा पुसिका कप्तान जुमानु राईले पहिलो हाफको ४३औं मिनेटमा र दोश्रो हाफको ३२ औं मिनेट व्यक्तिगत २ गोलगरी टिमलाई विजयी दिलाएका थिए ।

प्रतियोगितामा झापाले गोल गर्ने सुन्दर अवसरहरू पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाटै बहिरिनुप¥यो । खेलमा पुलिसका जुमानु राई म्यान आफ दि म्याच घोषित भए । उनले ट्रफिसहित नगद १५ हजार प्राप्त गरे भने पुलिसकै सुमन सुवेदी वेष्ट गोलकर्ता ठहरिए । उनले पनि नगद ५ हजार प्राप्त गरे ।

खेल समाप्तिपछि पोष्ट म्याच कन्फ्रेन्समा झापाका कोच मीनबहादुर बस्नेतले खेलमा राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा टिमले पराजय ब्यहोर्नुपरेको बताए । यस्तै, पुलिसका कोच अनन्तराज थापाले मजबुत टिम सेटको कारण विपक्षी टिमलाई सहजै पराजित गरेको बताए । सोमबारको खेल मनाङ–मस्र्याङ्दी क्लब काठमाडौको विरुद्ध प्रदेश लिग विजेता बेलबारी फुटबल क्लवका बीच खेलहुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।